मेगराज खड्का
रुकुम
खुल्ला दिसामुक्त घोषणा कार्यक्रमका लागि गृह जिल्ला आएका सभासदद्धय गणेशमान पुन र दलजित शिर्पालीले छुट्टाछुट्टै दुई महत्वपुर्ण कार्यक्रममा सहभागी भएका छन । सभासद् पुनले रुकुम पीपल गाविसका स्थानीय तथा सहिद परिवारको गुणासो सुनेका छन भने अर्का सभासद शिर्पालीले जिल्लाको आठबिसकोटमा गएर बादीमोह झल्काएका छन । जस अन्तरगत सभासद् पुनले पीपल गाविस स्थित सबै सरोकारवाला पक्षसँग छलफल गरेका हुन ।
वडानम्वर ७ स्थित मेलगैरी सहिद स्मृति पार्कमा भएको छलफलमा सभासद् पुनले स्थानीयका जिज्ञासा गुनासा सुनेका थिए । गाउँमै समाधान हुने समस्यालाई गाउँमै, जिल्लामा हुने समस्यालाई जिल्ला र केन्द्रमा माग गर्ने योजनालाई केन्द्रमा माग गर्नुपर्ने भन्दै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । त्यस्तै सभासद् शिर्पालीले जिल्लाको आठविसकोटमा रहेका भूमिहीन वादी समुदायका १५ घरपरिवारलाई आफ्नै नाममा जग्गाको लालपुर्जा प्रदान गर्ने कार्यक्रममा सहभागी भएका छन ।

विगत लामो समयदेखि आठविसकोटको राडी बजारमा अस्थायी टहरामा बस्दै आएका वादी परिवारलाई एकीकृत माओवादीको तर्फबाट समानुपातिक सभासद् सिर्पालीले आफ्नो संसद विकास कोषको दश लाख रुपैयाँबाट वादी परिवारका लागि घर बनाउन आवश्यक जग्गा किनेर लालपूर्जा वितरण गरेका हुन् । जसका वादी घरपरिवारले प्रतिपरिवार दशहजारका दरले नगत रुपैयाँ समेत उठाएको बताईएको छ ।
0 comments:
Post a Comment