डिल्ली खत्री
खोलागाउ
जिल्लाको खोलागाउँ ९, स्थित ढुङगेधारा सामुदायिक बन उपभोक्ता समितिको कार्यकाल सकिएको झण्डै एक बर्ष बितिसक्दा पनि अझै नयाँ कार्यसमित गठन हुन सकेको छैन । २०७१ साल माघमा पुरानो कार्यसमितिको समय सिधिएपनि आर्थिक अपारदर्शी, पदका बिषयमा दलिय बिबाद तथा सरोकारवाला निकायहरुको लाप्रबाहीका कारणले हालसम्म पनि नयाँ समिति गठन हुन नसकेको बताईएको छ । समिति पुनगठन नभएसगै बनको नियमित रेखदेखमा समस्या देखिएको छ भने बनको आम्दानी समेत कति छ भनेर आफुहरुलाई थाहा नभएको उपभोक्ताहरुले बताएका छन ।

आयब्यय पारदर्शी नभएर पनि नयाँ कार्यसमिति गठन गर्ने एउटा समस्या देखापरेको उपभोक्ता जगबिर केसीले बताए । नयाँ कार्यसमिति गठन गर्नका लागि यहि पुस ११ गते बैठक बस्ने प्रयास गरिएपनि पदका बिषयमा दलिय बिबाद हुँदा पुर्णता पाउन सकेन ।
नयाँ समिति गठन र बन आम्दानीको बिषयमा उपभोक्ताहरुले उठाएको बिषयलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने आहा सञ्चारको प्रश्नमा अध्यक्ष हिमबहादुर पुनले नयाँ समिति गठनका बिषयमा राजनैतिक पहल भैरहेको बताएपनि बजेटका बिषयमा अनबिज्ञता प्रकट गरे । ‘अहिले बन समितिको पैसा ठ्याक्कै यत्ति छ भनेर त भन्न नसकिएला’ उनले भने, ‘तर मेरो पालामा बनको आम्दानी एकदम पारदर्शी नै छ, समय समयमा सार्बजनिक परिक्षण समेत भैरहेको छ ।’ यस बिषयमा समितिका कोषाध्यक्ष नन्दराज केसीले बन समितिको बजेट करिब ७ लाख र बार्षिक आम्दानी ५० हजार आसपासमा हुने जानकारी दिए ।
0 comments:
Post a Comment