लक्ष्मण केसी
रुकुम
संखुवासभाको माम्लिङमा जन्मिएर जिल्लाको मोराबाङ गाबिसको झुम्लाबाङ गाउँलाई कर्मथलो बनाएकी गीतकार पद्मा लिंखा मगरले पहिलो गीति एल्बम ‘नजर’ को बिक्रि बाट प्राप्त रकम गाउँको विकासमा सहयोग गरेकी छन् । ब्यक्तिगत रुपमा पैसा कमाउने ठुलो कुरा नभएको बताउदै कमाएको केहि रकम सामाजिक कार्यमा लगाए मात्र त्यसले उपलब्धी प्राप्त गर्ने उनले बताईन ।
झुम्लाबाङ गाउँको विकासमा सक्रिय जेभिएफ फाउन्डेशनलाई राजधानीमा एक कार्यक्रममा कवि प्रदिपकुमार राई (व्याकुल माइला) ले जेभिएफका कन्ट्री कोअर्डिनेटर पूर्णबहादुर बुढा मगरलाई ७ लाख १३ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गरेका छन् । गीतकार पद्मा हाल अमेरिकामा बस्दै आएकी छन् । उनको एल्बम स्वदेशी तथा बिदेशीहरुले किनेका थिए । निष्ठा म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको एल्बममा राजेश थापाको एकल संगीत रहेको छ ।
एल्बमका गीतहरुमा संगीता राना, उदय सोताङ, राजेशपायल राई, स्वरुपराज आचार्य, रिमा गुरुङ होडा, अञ्जु पन्त र दीपक लिम्बुको स्वर समेटिएको छ । हस्तान्तरित रकम जेभिएफद्धारा निमार्णधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा खर्च गरिने संगीतकार राजेश थापाले बताएका छन् ।

0 comments:
Post a Comment