आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, December 3, 2014

४० बर्ष नाघेका सबैले अनिवार्य आँखा परिक्षण गरौं

आँखा रोग, हुनुका कारण र उपचार प्रकृयाका र हालै रुकुममा संचालन हुन लागेको निशुल्क आँखा चेकजाँच शिबिरका बारेमा आँखा उपचार केन्द्र सल्ले रुकुममा प्रमुख दिपक ओलीसंग आहा सञ्चार साप्ताहिकका लागि सम्पादक मेगराज खड्काले गरेको संक्षिप्त कुराकानी ।
नेपालमा आँखा रोगका विरामीहरुको अवस्था कस्तो छ ?
आँखाका विरामीहरु मध्ये करीव ८० प्रतिशत मोतियाविन्दुका रोगी छन  दोस्रो ठुलो सख्या ओगटेको आँखा सम्वन्धि रोग जलविन्दु हो । यो वाहेक खस्रे रोग आँखामा लाग्ने चोट पटक आदिको समस्या वाट दृष्टिविहिन हुने संख्या अत्याधिक छ ।
अधिकांसमा मोतिया विन्दु समस्या हुनुको प्रमुख कारण के हुनसक्छ ?
यो रोग मुख्य तया उमेरका कारण हुने रोग हो । खासगरी ५० वर्षमाथिका उमेरका मानिसमा यो रोग बढि पाईएको छ । अर्कोतर्फ विभिन्न चोटपटक र मधुमेह भएका विरामिहरुमा पनि यो रोगले छोप्ने गर्छ ।
मोतियाविन्दु रोग लाग्नै नदिने उपाय केहि हुन सक्छन ?
अघि मैले भने झै यो उमेरका कारण लाग्ने रोग हो । यो रोग लाग्नै नदिने उपाय त छैन तर  ४० वर्ष भन्दा माथिका उमेर समुहका मानिसले नियमित रुपमा आँखा परिक्षण गराउनु नै पहिलो र अनिबार्य कुरा हो ।
मोतियाविन्दुको समस्या देखिएमा उपचार प्रकृया के छ ?
आँखामा मोतियाविन्दु रोग लागे पछि तत्कालै दक्ष चिकित्सक सँग जचाउनु पर्छ । चिकित्सकको सल्लाह लिएर अप्रेशन गराउनु आवश्यक छ । यदि जाँच गराउन ढिलो भएको अबस्थामा आँखाका अन्य संक्रमण भएर आँखाको नेत्र ज्योति सधैका लागि गुम्ने खतरा समेत हुनसक्छ ।
आँखा उपचारका लागि सन्चालन गरिने घुम्ति शिविर कतिको प्रभावकारी पाउनु भएको छ ?
मलाई लाग्छ आँखा उपचार शिबिरहरु ज्यादै प्रभावकारी छन । प्राय जसो जिवनको बृद्धा अबस्थामा यो समस्या देखिने र बृद्धा अबस्थाका मानिसहरु समस्या देखिएको बेला उपचार गर्न पनि सक्दैनन् ।  त्यसका साथै उनीहरु आफ्नै खर्चमा आँखा उपचार केन्द्र सम्म आई उपचार खर्च पनि जोहो गर्न सक्दैनन् । आफनै खर्चमा उपचार गराउदा शल्यक्रिया, औषधी यातायात र खानासहित ६ देखि ८ हजार रुपैया खर्च लाग्छ । त्यसकारण पनि शिविरबाट  निशुल्क औषधी उपचार तथा शल्यक्रिया गर्न उनीहरुलाई सजिलो हुने गरेको छ । तर आँखा उपचार केन्द्रले बेला बेला यस्ता अवसरहरु प्रदान गरिरहेको भएपनि अधिकांस रुकुमेलीहरुले यसको फाईला लिन सकिरहेका छैनन् । निःशुल्क शिविरमै पनि उपचार गराउनका लागि पनि हेलचेक््रयाइँ गरेर ढिलो गरी उपचार खोज्ने प्रवृति छ ।
रुकुममा आँखाका रोगीहरु कतिको आउछन उपचार केन्द्रमा ?
जिल्लामा पनि दिनप्रतिदिन आँखाका रोगीहरु बढीरहेका छन । केहि उमेरका कारण यस्तो समस्या देखिरहेको छ भने केहि बिभिन्न दुर्घटनाका र मौसमी रोगका कारण । जे जसरी भएपनि आँखा उपचार केन्द्र सल्ले रुकुममा आँखाको उपचार गराउनेहरुको संख्या बढिरहेको छ । केहिलाई चस्मा मात्र बितरण गर्ने खालका आउछन भने केहि अप्रेशन सम्मका लागि आउछन ।
अन्त्यमा, केहि महत्वपुर्ण कुरा छुटेको भए बताईदिनुहोस ?
धेरै कुरा त माथी नै आईसकेको छ । मैले भन्नै पर्ने एउटा महत्वपुर्ण कुरा भनेको आँखा उपचार केन्द्र सल्ले रुकुमले रुकुमेली आँखाका समस्या भएका बिरामीहरुको सुबिधाको लागि यहि मंसिर १९ दर २० गते निशुल्क चेकजाँच शिबिर राखेका छौं । कार्यालयमा आई मौखाको फाईदा उठाउनहुन सबैमा अनुरोध गर्दछु ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |