दिपक बोहरा
दाङ
देश तथा बिदेशका बाहिरी रुपमा सुन्दरतामा आधारित बिभिन्न किसमका सुन्दर र सुन्दरी प्रतियोगिताहरु भईरहेको बेला दाङ जिल्लामा भने फरक खाले मगरात संस्कृति भेषभुषा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा बिभिन्न मगर भेषभुषा मगर भाषा तथा मगर संस्कृतिहरुको प्रतिस्पर्धा गराईएको थियो । लुङ्गी लगाएर पटुकाले बेरिएको, चोलीलाई घलेकले छोपेका थुम्रा, चवानी आड्आनी, कम्पनी, हमेल, सिक्रि दारा लगायत बिभिन्न किसमका माला लगाएर टाउकोमा मुरौटो पारेका मगर युबतिहरु र शरिरमा पगौरी कम्मरमा खुकुरी भिरेका युबाहरुले पालै पालो मञ्चमा आफनो संस्कृत छर्लङ्ग हुने गरि प्रस्तुत गरेका थिए । साथै मगर भेषभुषा र मगर संस्कृतिको संरक्षण गर्ने तथा पश्चिमेली तथा बिदेशी संस्कृति नेपालमा भित्रिन नदिनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका्े छ ।

मगर संस्कृतिक भेषभुसा र संरक्षण गर्न नयां पुस्तालाई आफनो संस्कृतिको जगेर्ना गर्ने अभिप्रेरित गर्ने यस्ता खाले कार्यक्रमहरुले कोशे ढुङगाको काम गर्नुका साथै मगर हक अधिकारका कुराहरु संबिधानमा लिपिबद्ध गर्नको लागि सबै मगरहरु चनाखो भएर जुटनु पर्ने कार्यक्रममा आयोजक संस्था मध्यको एक मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल दाङका अध्यक्ष कृतिमान पुनले बताए । मगरहरुले लगाएको बोलेको र गरेको कामलाई सरकारले दोस्रो दर्जामा राखे अमान्य हुने कुरामा उपस्थित मगरहरुले जोड दिएका थिए । पुर्खाले लगाएको पहिरन, बोलेको भाषालाई अबको नयां पुस्ताले पनि जगेर्ना गर्ने र संरक्षणका लागि राज्यले यता तर्फ पनि बिशेष ध्यान दिनु पर्ने कार्यक्रममा मगर संस्कृति बाट नै भनिएको थियो । मगरहरुको खाम भाषालाई राष्ट्रिय भाषा तथा मगरहरुले मान्ने चाडपर्बहरुलाई राष्ट्रिय चाड बनाउने कुरा पनि जोडिएको थियो । यसरीनै अबको आधुनिक जमानाको पुस्ताले पनि मगर सस्कृतिलाई जगेर्ना गर्न अभिप्रेरित भए मगरको ईतिहांस पनि जस्ताको तस्तै रहने थियो ।
0 comments:
Post a Comment