मेगराज खड्का
रुकुम
एक साता देखि जिल्लाको चौरजहारी बजारमा बिचल्लीमा परेका दुई बालक मध्य एक बालकलाई प्रहरीको सहयोगमा जिल्ला प्रशासन कार्यालय रुकुमले जिल्लाको एक बोडिङलाई जिम्मा दिएको छ । रुकुम आठबिसकोट ८, दाँजेका प्रेम दमाईका ८ बर्षिय छोरा प्रकाश दमाईलाई एक कार्यक्रमको आयोजना गरि सदरमुकाम खलंगा स्थित न्यू मुनलाईट सेकेन्डरी बोडिङ स्कुलको जिम्मा लगाईएको हो । जिल्ला प्रशासनको अनुरोध पछि अलपत्र अबस्थामा रहेका बालकको सेवा गर्नु नै धर्म हो भन्ने मनसायले लालनपालन देखि शिक्षादिक्षाको जिम्मा आफ्नो बोडिङले लिएको प्रिन्सीपल खड्क कुवँरले बताए ।
रुकुमका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद भण्डारी, स्थानीय विकास अधिकारी भरत कुमार शर्मा, प्रहरी नायब उपरिक्षक गोबिन्द थललिया सहितको सरकारी अधिकारी र पत्रकारहरुको रोहवरमा उक्त बिचल्लीमा परेका बालकको हस्तान्तरण गरिएको छ । त्यस्तै चौरजहारी बजारमा नै बिचल्ली अबस्थामा प्रहरीले भेटि सम्पर्कमा लिएको अर्का बालक १२ वर्षिय लक्ष्मण दमार्र्ईलाई भने आफन्तहरुको सम्पर्कमा पठाईएको बताईएको छ । तर प्रकाश दमाईका भने बुवा मृत्यु र आमा अर्कै ठाउँमा बिहे गरि सम्पर्क बिहिन भएपछि आफन्तलाई जिम्मा लगाउन समस्या भएको थियो । यस अघि उनीहरु चौरजहारी बजार छेउछाउमा मागेर ज्यान पालिरहेका थिए ।

0 comments:
Post a Comment