
रुकुम
जिल्लाको रुकुमकोटमा पहिलो पटक आयोजना गरिएको कमलदह पर्यटन महोत्सब (२०७० चैत्र २७ देखि बैशाख ३) खर्चमा लाखौ रकम अपारदर्शी देखिएको छ । महोत्सब मुल आयोजक समिति, जिल्ला विकास समिति र अन्य सानातिना कार्यक्रम मार्फत उक्त महोत्सबमा करिब एक करोड बराबरको रकम खर्च भएपनि खर्च बिबरण भने महोत्सब भएको लामो समय सम्म अपारदर्शी नै देखिएको हो । महोत्सब सकिएको भोलीपल्टै खर्चबिबरण सार्बजनिक गर्ने मुल आयोजक समितिले त्यस बेला जानकारी गराए पनि साता अघि मात्र एउटा सामान्य कार्यक्रमको आयोजना गरि आर्थिक बिबरण सार्बजनिक गरियो । कार्यक्रममा उक्त प्रतिबेदन सार्बजनिक गरिरहदा सहभागीहरुले एकआपसमा कानेखुसि मात्र गरेनन् प्रतिबेदन अपारदर्शी भएको भन्दै छिटै स्पष्ट खर्च बिबरण सहित सार्बजनिक गर्न अनुरोध गरे । कार्यक्रममा सहभागी रुकुमका स्थानीय बिकास अधिकारी भरत कुमार शर्माले यो प्रतिबेदन अपारदर्शी देखिएका कारण यसलाई प्रारम्भीक प्रतिबेदनका रुपमा मात्र लिन सकिने बताए । उनले खर्च शिर्षक दोहोरिएका र आर्थिक प्रतिबेदन भित्र बिबिध शिर्षकमा ३ लाख बढी रकम उल्लेख गर्नु राम्रो कुरा नभएको बताउदै रुकुमेली पर्यटन बिकासमा खर्च भएको रकम अपारदर्शी हुन नदिन सबै सचेत हुनु पर्ने भनाई राखे ।
रुकुमका सबै महोत्सब घाटामा
जिल्लामा आयोजना गरिएका साना देखि ठुला पर्यटन महोत्सबहरु सबै घाटामा नै गएको खर्च बिबरण मुल आयोजक समितिहरुले सार्बजनिक गर्दै आएका छन । शुरुमा आयोजना गरिएको महोत्सब घाटामा जाँदा अर्को पटक आयोजना हुने महोत्सबले त्यसको कमीकमजोरी पत्ता लगाई घाटामा नजाने पाठ सिक्नुपर्नेमा यहाँ भने घाटामा गयो भनेर प्रतिबेदन सार्बजनिक गर्ने परम्प्ररा नै बन्न थालेको छ । जिल्लामा पहिलो पटक आयोजना गरिएको स्यार्पु महोत्सबमा करिब १२ लाख रुपैयाँ घाटामा गएको प्रतिबेदन सार्बजनिक गरिएको थियो भने यस पटकको रुकुमकोट महोत्सबमा करिब १३ लाख रुपैयाँ अपुग भएको उल्लेख गरिएको छ । त्यस्तै रुकुमको मुरुमा आयोजना गरिएको राजकोट पर्यटन महोत्सबमा पनि करिब ३ लाख रुपैयाँ घाटामा रहेको बताईएको छ । प्रत्येक पटक आयोजना गरिएका महोत्बसले पर्यटन बिकासका लागि सहयोग पुग्ने गरेको भएपनि हरेक महोत्सब घाटामा जाँदा रुकुमको पर्यटन शान गिरेको रुकुममा राजनैतिक दलहरुले प्रतिक्रिया दिएका छन । रुकुमकोट महोत्सबको आर्थिक प्रतिबेदन कार्यक्रममा बोल्दै नेकपा एमाले रुकुम अध्यक्ष बिमल पुनले पटक पटक जिल्लामा आयोजना हुने महोत्सब घाटामा गएको कुराले रुकुमको पर्यटन प्रबद्र्धन नगर्ने भन्दै बिगतका पाठहरु रुकुमकोट महोत्सबले सिक्न नसकेका कारण समस्या भएको धारणा राखे । उनले तयारी भन्दा बढी खर्च गरेका कारण महोत्सब मुल समितिको दुरदर्शितामा समेत प्रश्न गरे ।
अब कहाँ बाट तिर्ने हो १३ लाख
महोत्सबमा १३ लाख बढी रकम घाटामा खर्च भएको प्रतिबेदन तयार भएपछि अहिले मुल आयोजनक समिति जिबिस, गाबिस र पर्यटन बोर्ड तिर सहयोग माग गर्ने सुरसारमा छ । मुल आयोजनक समितिका अध्यक्ष तारकबहादुर शाहले बिबिध कारणबस महोत्सबमा बढी खर्च भएको बताउदै अब सबै क्षेत्रको सहयोगले मात्र आगाडि बढ्न सकिने बताए । घाटा भएको त परेको कुरो खर्च भएको रकम पनि त लाखौं अपारदर्शी देखियो नी भन्ने कारोबारको प्रश्नमा अध्यक्ष शाहले खर्च भएको रकममा त कुनै अपारदर्शी नभएको दाबी गरे । ‘प्राबिधिक समस्याका बिच सबै एकएक गरेर उल्लेख गर्न यसपटक सकेनौ’ उनले भने, ‘यहाँ सबै सहभागीहरुले उठाएको अपारदर्शी कुराको हामी स्मारिका प्रकाशन गरेर प्रष्ट संग उल्लेख गर्छौ ।’ त्यस्तै महोत्सबको हिसाबकिताब नमिलेपछि मुल आयोजक समिति पदाधिकारी बिचमा समेत सम्बन्ध राम्रो नभएको बताईएको छ । यता स्थानीय बिकास अधिकारी शर्माले महोत्सब घाटा भएको रकम उठाउन जिबिसले सहयोगीको मात्र भुमिका खेल्न सक्ने भन्दै सबै राजनैतिक सहमति र सहकार्यले जिल्ला तथा केन्द्रको स्रोत लिनुपर्ने बताए । घाटा भएको बताउदै महोत्सबको बेला उधारो सम्झौता र खरिद गरिएको सामाग्रीको रकम समेत समितिले भुत्तानी गरेको छैन ।
पत्याउनु हुन्छ यो खर्च
जिल्ला स्थित राजनैतिक दल तथा सरोकारवालाहरुलाई खर्च बिश्वास नलागेको महोत्सब मुल आयोजक समितिले सार्बजनिक गरेको खर्चबिबरण यहि हो । प्रतिबेदनमा उल्लेख गरिएबमोजिम महोत्सब ब्यबस्थापन कार्य र भौतिक पुर्बधार निर्माणमा संकलन भएको र खर्च भएको रकम निम्न अनुसार छ ।
संकलन भएको रकम बिबरण
१, रुकुमकोट गाबिसबाट ः १०,००,०००
२, जिल्लाका १८ गाबिसबाट ः १,६०,०००
३,काठमाण्डौबाट संकलन ः ९,६८,९०१
४,मुसिकोट खलंगाबाट संकलन ः २,२२,६०६
५,महोत्सबमा संकलन भएको ः ८,३०,६०४
६,भौतिक निर्माण (जिबिस) ः १३,९६,०००
७,भौतिक निर्माण (खानेपानी) ः २,५०,०००
८, भौतिक निर्माण (गुठी संस्थान) ः २,००,०००
९,भौतिक निर्माण (संस्था÷ब्यक्ति) ः ४,८६,०००
जम्मा ः ५५,१४,१४१
खर्च भएको रकमको बिबरण
१,प्रचार प्रसारमा ः १,२१,७००
२,छपाईमा खर्च ः ३,८८,७३१
३,मञ्च÷स्टल निर्माण ः ४,८७,९२०
४,स्वयमसेबक ब्यबस्थापन ः १,६४,०००
५,झाँकी ब्यबस्थापन ः २,२४,०००
६,होमयज्ञ सप्ताह ः ३,७७,२२०
७, खेलकुद ः ७,६३,१६०
८,नृत्य, साहित्य ः ४८,०००
९, साँस्कृतिक प्रस्तुती÷ कलाकारलाई ः ४,११,६८५
१०,डकुमेन्ट्री निर्माण ः ८५,६००
११,भ्रमण तथा ब्यबस्थापन ः २,१७,३९०१
१२,हेलिकप्टर ब्यबस्थापन ः ४,०००००
१३, सामाग्री खरिद ः २,१८,००५
१४,कार्यालय सञ्चालन ः १,२७,४२५
१५,अन्य बिबिध खर्च ः ३,१८,९४०
१६,भौतिक निर्माण कार्यहरुमा ः २५,२३,३०७
जम्मा खर्च ः ६८,७६,९९४
संकलन भएको रकम ः ५५,१४,१४१
अपुग रकम ः १३,६२,८५३
0 comments:
Post a Comment