आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, November 12, 2014

काग्रेस रुकुमको असली लोकतन्त्र हेर्नुहोस



नेपाली काग्रेस रुकुमको असली लोकतान्त्रिक पद्धति पनि तिन दिन देखि राम्रै संग देख्ने अवसर मिल्यो । तरण दल रुकुमको जिल्ला अधिबेशन स्थलमा अधिकांस कार्यकर्ताहरु चुनाब बाट नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै कार्यक्रम स्थलमा चर्को नाराबाजी गरिरहेको भएपनि एउटा होटलमा भने केहि नेताहरु सर्बसम्मत कार्यसमिति चयन भयो भनेर दाबी गर्दै पदाधिकारी सार्बजनिक गरिरहेका थिए । धेरै कार्यकर्ताहरुले चुनाबको माग गरिरहेको बेला टिके प्रथा जस्तो काम नगरेको भए हुन्थ्यो होला । तरुण दलको चुनाब गरेर वाईसिएल ले त जिल्ने थिएनन् होईनर । चुनाबको माग गर्ने कार्यकर्ताहरुको हुल यो तस्बिर हेर्नुहोला । खासमा कुरो के हो भने यस अघिका अध्यक्ष नन्द बिष्ट देउवा पक्षका हुन । यस पटक पनि देउबा पक्षका नेताहरुले आफ्नै पक्षको मान्छेलाई अध्यक्ष बनाउन चाहेका थिए । त्यसका लागि महेन्द्र केसीलाई यस पटकको अध्यक्षका लागि अगाडि सारेका थिए । तर अर्को अध्यक्षका उम्मेदवार जनक बाँठा संस्थापन कोईराला पक्षका मानिन्छन । चुनाबमा जाँदा जनकले जित्ने संभावना देखेपछि  देउवा पक्षका नेताले महेन्द्र केसीलाई पछि सार्दै पुन बिष्टलाई नै अध्यक्ष सार्बजनिक गरेको हो । बिष्ट वा केसी जो भएपनि देउवा पक्षको नै पर्ने भएका कारण बिबाद भयो अब नयाँ कोहि हुदैन भन्दै यस्तो गरिएको हो ।

1 comments:

Unknown said...

मेगराज जी, तपाई वास्तविकता भन्दा धेरै टाढा भएजस्तो लाग्यो । शायद तपाईलाई थाहा हुनु पर्ने हो, बराह टाकुराको कबड हलमा बन्द शत्र गर्ने भनेर एक महिना अगाडि नै निर्णय भएको थियो तर प्रतिनिधीहरुलाई बन्द शत्रमा प्रवेश गर्न दिइएन, बन्द सत्र शुरु गर्न दिईएन । साथै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न संविधानसभा निर्वाचनमा जस्तै फोटो सहितको मतदाता नामावली लागु गर्न फोटो खिचाउन खोज्दा २५१ जना प्रतिनिधिमध्य १३४ जनाले मात्र फोटो खिचाए । फोटो समेत खिच्न दिइएन । चुनाव गर्न नदिएर सहमति गर्ने अनि लठैतहरुको भीड जम्मा गरेर नेतृत्व हत्याउन पाइन्छ ? लोकतन्त्र विधिको शासन हो, बाहुवलको होइन । तपाइले भनेकै कोइराला र देउवा प्यानलको कुरा गर्ने हो भने गोपाल जी जंग शाह, कृष्णप्रसाद गोतम, तिलक भण्डारी र नवराज गौतम कुन प्यानलका हुन, उहाँहरुलाई नै सोध्नुहोला ।

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |