आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, October 20, 2014

दुई बस ब्यवसायीको कुरो मिल्यो

सहमति पछि जिल्ला प्रशासन कार्यालय रुकुमका हात मिलाउदै सिस्ने हिमाल बस तथा मिनिबस समितिका अध्यक्ष महेन्द्र बुढा र चौरजहारी यातायात प्रा.ली.का अध्यक्ष जितेन्द्र बुढाथोकी
मेगराज खड्का
रुकुम

जिल्लाको चौरजहारी क्षेत्रमा बस संचालनमा बिषयमा दुई बस ब्यबसायी बिच साता देखि बिबाद हुँदा तनाबग्रस्त रहेको रुकुमको अबस्था समाधान भएको छ । स्थानीय प्रहरी प्रशासन सहित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी र यातायात ब्यबसायी बिचमा भएको बार्ता पछि १३ बुदे सहमति भएको छ ।

बार्तापछि दुई बस ब्यबसायी समिति मिलेर नयाँ सिस्ने चौरजहारी यातायात ब्यवसायी समिति बनाउने सहमति भएको रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले जानकारी दिए । यस अघि रुकुम सदरमुकाम खलंगामा सिस्ने हिमाल बस तथा मिनिबस ब्यबसायी समिति र चौरजहारीमा चौरजहारी यातायात प्रा.ली संचालनमा रहेको थिए । 
पछिल्लो समय चौरजहारीमा नयाँ बस समिति दर्ता भएपछि सदरमुकाम देखि चौरजहारी सम्मको सडकमा आफुहरुले यातायात संचालन गर्न पाउनुपर्ने दाबी सहित दुई समिति झडपमा उत्रिएका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |