आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, October 9, 2014

प्रशासनले पोख्देला, जलाईदेला तपाईका समान

म्याद गएका पिय पदार्थहरु पोखेर नष्ट गर्दै प्रहरीहरु
मेगराज खड्का
रुकुम २३, असोज

के तपाईले पसलमा म्याद गएका खाद्यान्न सामाग्री बिक्रि बितरणका लागि राख्नुभएको छ । के तपाईले उत्पादन मिति तथा म्याद जाने मिति नहेरेर सस्तो लाभले पसलमा समान खरिद गरिरहनु भएको छ । अनी त्यति मात्र नभएर गैरकानुनी ढंगबाट उत्पादन भएका तथा उपभोग र उत्पादन मिति उल्लेख नै नभएका खाद्यान्न समानहरु खरिद गरेर बिक्रिका लागि पसलमा राख्नुभएको छ ।
यदि त्यस्तो गर्नुभएको छ भने होस गर्नुहोस तपाईको समान जतिखेर पनि नष्ट हुनसक्छ । जिल्ला प्रशासन कार्यालय रुकुमले यस्ता गैरकाुननी र म्याद गएका सामाग्रीहरु जतिखेर पनि अनुगमन गरेर पिय पदार्थ भए उक्त स्थानमा नै पोखिदिने र अन्य खाद्यान्न सामाग्री भए जफत गरेर जलाएर नष्ट गर्ने गरेको छ । अन्य समयमा पनि अनुगमन गर्दै आएको प्रशासनले चाडपर्बको अवसरमा बिषेश निगरानी समेत गरिरहेको छ । साता अघि गरेको बजार अनुगमन मार्फत बिभिन्न मदिरा पसल तथा होटलहरुबाट म्याद गएका पिय पदार्थहरु सोहि स्थानमा पोखिदिएको थियो ।
जसमा कोक, फेन्टा र तेल लगायतका पेय तथा खाद्यान्न सामाग्रीहरु रहेका थिए ।  सदरमुकाम खलंगा स्थित आधा दर्जन पसल तथा होटलहरुबाट केहि मात्रामा म्याद गएका पिय पदार्थहरु नष्ट गरिएको अनुगमनमा सहभागि रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र राणाले जानकारी दिए । उनका अनुसार बजारमा गैरकानुनी ब्यबसाय नहोस र उपभोक्ताको पनि अधिकार सुरक्षित होस भन्ने उदेश्यले अनुगमनको थालनी गरिएको हो । त्यस्तै अनुमगनमा नै सहभागि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले अनुगमन अभियान निरन्तर अगाडि बढिरहने जानकारी दिए ।
‘केहि समय अघि माछा मासु र औषधी पसलहरुमा अनुमगन गरि गैरकानुनी भेटिएकोलाई कानुन अनुसार कारबार्हिको प्रकृया अगाडि बढाईरहेका छौ’ प्रजिअ भण्डारीले भने, ‘जिल्ला प्रशासनले निरन्तर रुपमा सबै क्षेत्रमा अनुगमन गर्नेछ ।’ उनका अनुसार प्रशासनले सबै ठाउँमा म्याद गएका सामाग्रीहरु गरिद गरेको कम्पनीमा फिर्ता गर्न वा नष्ट गर्न निर्देशन समेत दिएको छ । उक्त अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका अन्य कर्मचारी सहित रुकुम उद्योग बाणिज्य संघ, जिल्ला स्थित पत्रकार तथा सरोकारवाला निकायहरुका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |