आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 9, 2014

दुई बस व्यवसायी बिच झडप

गोपाल रेग्मी
रुकुम २४, भदौ

बस संचालनका बिषयलाई लिएर जिल्लाको चौरजहारीमा दुई बस व्यवसायी बिच झडप भएको छ । चौरजहारी देखि पश्चिम रुटमा आआफ्नो बस संचालन गर्नुपर्ने दाबी गर्दै सिस्ने हिमाल बस तथा यातायात व्यवसायी समिति र चौरजहारी यातायात प्राईभेट कम्पनि लिमिटेड पक्षका युवाहरु बिच झडप भएको हो । दुवै पक्ष वाट भएको ढुगा हानाहानमा कुनैपनि मानविय क्षति नभएपनि यातायातका साधानहरुमा भने सामान्य क्षति भएको प्रहरीले वताएको छ ।  घटनाको तत्काल जानकारी पाउँदा ईलाका प्रहरी कार्यालय रागेचौर सल्यान वाट थप प्रहरी  परिचालन गरीएका कारण क्षति कम भएको हो ।
दुई समिति बिच रहेको चर्को बिबादका कारण हुनसक्ने झडपलाई मध्यनजर गरि सल्यान रागेचौर तथा रुकुम चौरजहारीका प्रहरीहरुलाई तयारी अबस्थामा राखिएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक अशोक प्रसाद शर्माले जानकारी दिए । चौरजहारीको नाखिरा र सल्यानको घाटाचौरमा दुवै पक्षका १ सय ५० भन्दा वढी युवाहरु जम्मा भएका छन । यस अघि सिस्ने हिमाल यातायात ब्स व्यवसाय समिमिले रुकुम खलंगा देखि चौरजहारी सल्लीवजार सडक खण्डमा वस संचालन गर्दै आईरहेको थियो । 
हाल मुसिकोट चौरजहारी सडक खण्ड अवरुद्ध हुदा सिस्ने हिमाल यातायात समितिले रुकुम दाङ, नेपालगञ्ज र छिन्चु सुर्खेत हुदै सल्लीवजार भएर चौरजहारी गाडि भित्राउन लागेपछि बिबाद चुलिएको हो । चौरजहारी यातायात समिति निकट युवाहरु चौरजहारीको नाखिरामा जम्मा भएर वस भित्राउन नदिए पछि सिस्ने हिमालका वस घाटाचौरमै रोकिएका हुन ।  झडप तथा बिबादका कारण आधा दर्जन सवारीसाधनहरु सल्यान कालागाउँको कोर्ति स्थित घाटाचौरमा रोकिएका छन । सवारीसाधनहरु बिच बाटामै रोकिएका कारण यात्रुहरुलाई गन्तब्यमा पुग्न अफ्ठेरो भएको छ ।
चौरजहारी यातायात समितिले  आफना नयाँ वस ल्याई नपु¥याउदै विवाद गर्नु खोज्नु जायज नभएको सिस्ने हिमाल यातायात वस व्यवसाय समितिका सचिव डम्वर विकले बताए । उनका अनुसार चौरजहारीमा उक्त समिति स्थापना भएको भएपनि गाडि नभएका कारण यात्रुहरुको सुबिधाका लागि आफुहरुले गाडिहरु संचालन गरिएको हो ।  उता चौरजहारी यातायात समितिले भने अव छिटटै आफना गाडिहरु चौरजहारी ल्याउन लागेकोले चौरजहारी सल्लीवजार रुटमा सिस्ने हिमाल यातायात व्यवसाय समितका वस संचालन गर्न नदिने समितिका अध्यक्ष जितेन्द्र वुढाथोकीले जानकारी दिए ।  

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |