गोपाल रेग्मी
चौरजहारी
वालविकास तहमा कार्यरत सहयोगी कार्यकर्ताले न्युन पारिश्रमिक भएको भन्दै आन्दोलन गर्ने तयारी गरेका छन । रुकुमको विजयश्वरी गाविस चौरजहारी स्रोत केन्द्र अन्तरगतका वालविकास सहयोगी कार्यकर्ताले उचित पारिश्रमिकको व्यवस्था गर्न आन्दोलनको तयारी गर्न थालेका हुन । जिल्लाको चौरजहारीमा वालविकास तहमा अध्यापनरत शिक्षिका मनसरा केसीको अध्यक्षतामा ११ सदस्य संघर्ष समिति गठन गरेर आन्दोलन गर्ने तयारीमा जुटेको वताएका छन ।

सहयोगी कार्यकर्ताको पारिश्रमिक ज्यादै न्युन र थप अन्य सेवासुविधा नभएको भन्दै जिल्ला स्तर हुदै देश व्यापी रुपमा संघर्ष समिति गठन प्रक्रिया अगाडी वढाईएको उनीहरुले जानकारी दिएका छन । आफना मागहरु जिल्ला शिक्षा कार्यालय तथा सम्वन्धित निकायमा पेश गर्ने र त्यसको सुनुवाई नभएको अवस्थामा आन्दोलन लाई थप सशक्त वनाउने वताएका छन ।
0 comments:
Post a Comment