आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 30, 2014

‘यस्तो सम्म दुःख दिन जानेका प्राबिधिक’

आहा सञ्चार
रुकुम

जिल्ला शिक्षा कार्यालय रुकुमको एक अभिन्न अंगका रुपमा रहेको प्राबिधिक फाँट अहिले अधिकांस बिद्यालयहरुलाई ढिलासुस्ती र आलटाल गर्ने फाँटका रुपमा रहेको छ । बिद्यालयहरुका अनुसार जसले गर्दा अघिल्लो आर्थिक बर्षका फरफारक तथा भुत्तानी गर्नुपर्ने हिसाबकिताब पनि अझै हुन सकिरहेका छैनन् । कुरो हो आर्थिक बर्ष २०७०/७१ मा सम्पन्न भएका बिद्यालयका भौतिक पुर्बधारको रकम । उक्त भौतिक पुर्बधार निर्माणको रकम जिल्ला शिक्षा कार्यालयले सम्बन्धीत बिद्यालयको खातामा त राखिदिएको छ तर राखेर के गर्ने निकाल्न नमिल्ने गरी । खातामा रहेको रकम निकाल्न जिशिका प्राबिधिकले स्टमेटको कामकाज नगरी  फुकुवापत्र बैंकलाई नदिईदिदा बिद्यालयहरुलाई समस्या भएको शिक्षकहरुले गुणासो गरेका छन । 
सोहि काजकाजका लागि कार्यालयमा २ जना प्राबिधिक रहेको भएपनि उनीहरुले अने बाहानामा पन्छिने गरेको जनज्योति निमाबि खोलागाउँका प्रध्यानध्यापक लक्ष्मण शाहले आहा सञ्चारलाई बताए । उनका अनुसार प्राबिधिकको ढिलासुस्तीका कारण बिद्यालयमा भौतिक पुर्बधार निर्माण गर्दा काम गरेका कामदार र समान ल्याएका ब्यापारीहरुले रकम शिक्षकहरुलाई बारम्बार समेत माग्दा झनै समस्या भएको हो । ‘प्राबिधिकलाई फोन गर्दा अफिसमा आउनुहोस भन्छन, अफिसमा आउदा फाँटमा ताला लगाईएको हुन्छ’ प्रअ शाहले भने, ‘एक बर्ष अघिको रकम भुक्तानी नहुँदा कामदार तथा ब्यापारीहरुले बिब्यस अध्यक्ष तथा कक्षा चलिरहेको बेला शिक्षकलाई समेत पैसा माग्न आउने गरेका छन ।’
उनले आफ्नो बिद्यालयमात्र नभएर अधिकांस बिद्यालयका शिक्षकहरु यस्तो मारमा परेको र हुक्क भएपनि मिडियामा ल्याउन बाध्य भएको प्रतिक्रिया दिए । यस बिषयमा बुझ्न शुक्रबार आहा सञ्चार संबाददाता जिल्ला शिक्षा कार्यालय रुकुममा जाँदा भनिएको उक्त फाँट बन्द अबस्थामा रहेको थियो भने जिल्ला शिक्षा अधिकारी जिल्ला बाहिर रहेको जानकारी अन्य कर्मचारीले जानकारी दिएका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |