![]() |
नरेन्द्र के.सी. ‘भाष्कर’ |
पृष्ठभूमीः
सबैलाई राम्रोसंग ज्ञात छ कि अहिलेको युग सूचना र प्रविधिको युग हो । सूचना र प्रविधिको विकासले सारा संसार नै आज विश्वग्राममा परिणत भइसकेको छ । यसैले सूचना र प्रविधिबाट अलग भएको व्यक्ति र समुदाय आजको विश्वमा अझै पनि पाषाण युगमा नै छ भन्न सकिन्छ । आजको मानव सभ्यताको विकास क्रम पनि सञ्चारको कारणले हुदै आएको हो । त्यसलै सूचना र सञ्चार आजको मानव सभ्यता अन्तिम शक्ति हो । यसकारण भन्ने गरिन्छ कि सूचना नै शक्ति हो । आजको खुल्ला विश्वमा जनतालाई सुसूचित गर्ने आभिभारा बोकेको सञ्चार माध्यमहरु नै लोकतन्त्रमा सशक्त पहरेदार एवं माध्यमहरु हुन् । र सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मी या पत्रकारहरु नै अहिलेको समाजको जिवित दर्पणहरु हुन् जसको अभावमा जतिसुकै प्रगति गरे पनि समाज एक्लो र गतिहीन महशुस गर्दछ । सञ्चार माध्यमहरुको तीव्रतर विकासले नेपालको समग्र पक्षलाई उन्नति तथा परिवर्तनको मार्गमा पनि निरन्तर डो¥याइरहेको छ ।
रुकुममा पत्रकारिताको विकासको सन्दर्भः
नेपालको सन्दर्भमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेतमा रुकुम जिल्लाको एउटा छुट्टै पहिचान स्थापना भैसकेको छ । नेपालको पछिल्लो राजनीतिलाई अहिलेको स्थितिमा ल्याई पुरयाउने पर्दा पछाडीको मुख्य कारक कोही छ भने त्यो रुकुम जिल्ला नै हो । नेपालको राजनीतिलाई प्रभावित पार्न सक्ने रुकुमको प्रभावलाई स्थापित गर्ने कोही छ भने त्यो चाँहि सञ्चार जगत हो । विगतमा नेकपा माओवादीको जनयुद्ध सञ्चालन हुनु पूर्व रुकुम जिल्लाको सामाजिक, आर्थिक र राजनैतिक जीवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने काम पनि सञ्चार जगतले नै गरेको थियो । हाम्रो अगाडी ताजै छ रुकुम र रोल्पा जस्ता जिल्लाहरुमा तत्कालीन विद्रोही पक्ष माओवादीका सम्पूर्ण गतिविधिहरुलाई राष्ट्रिय र अन्तराष्ट्रियकरण गरेर राजनीतिक शक्तिको रुपमा स्थापित गरिदिने र दुवै पक्षको मानव अधिकार हनन्का घटनाहरुलाई तत्कालीन समयमा बाहिर ल्याउने काम स्थानीय सञ्चारकर्मीहरुबाटै भएको थियो । ठोकुवाका साथ यो भन्न सकिन्छ कि तत्कालीन समयमा सम्बन्धित पक्षले स्वीकार गरे पनि नगरे पनि ज्यानको बाजी लगाएर माओवादी शक्तिलाई जनताको शक्तिको रुपमा स्थापित गराउने कार्यमा सञ्चार माध्यम र नागरिक समाजले नै महत्वपूर्ण खेलेका थिए ।
रुकुम जिल्लाको हकमा माओवादी जनयुद्ध सञ्चालन पछि पत्रकारितालाई व्यवसायिक रुपमा स्थापित भई काम गर्ने पत्रकारहरु सुरुमा (झण्डै पाँच बर्ष म लेखक) र तत्कालीन कान्तिपुर दैनिकका संवाददाता रुद्रबहादुर खड्का नै थियौ । समाजले पत्रकारिता महत्व बुझिसकेको थिएन । समाचार संप्रेषण गर्न निक्कै झमेला व्यवहोर्नु पथ्र्यो । टेलिफोन र फयाक्सको अभावले समाचार बासी तेसि भइसक्थे । राज्य पक्ष र विद्रोही पक्षबाट गरिने सुराकीको संकाको निरन्तर निगरानीको परिवेशमा तीव्र तनाबको वीचमा काम गर्नु पथ्र्यो । यस अघि पनि रुकुममै बसेर काम गर्ने पत्रकारहरु त थिए तर पर्दामा थिएनन् र भएका पत्रकारहरु पनि राजनैतिक दलका प्रवक्ता र प्रतिनिधिको रुपमा कार्य गर्थे ।
सबै पत्रकारहरुलाई राजनैतिक आस्था राख्ने र संगठित हुने अधिकार छ । तर आफनो आस्था र विचारलाई आफनो व्यवसायिकता घोल्ने काम पत्रकारहरुले फिटिक्कै गर्नु हुदैन । यसले जनविश्वास कदापी हासिल गर्न सक्दैन । र जुन समाजमा पनि इमान्दार पत्रकारहरुको सधै खाँचो हुन्छ । तर एक इमान्दार पत्रकारलाई हाम्रो समाजमा जिविकोपार्जनको त कुरा परै जावस उसले विभिन्न किसिमका मानसिक र भौतिक आक्रमणको सामना गरिरहनु पर्छ । पत्रकार हुनुको पीडा पत्रकारलाई मात्र बोध हुन्छ भने अरुलाई आफनो प्रशंसा गरेर मात्र उसले समाचार छापिदिओस भन्ने अपेक्षा हुन्छ । सत्य कुरालाई बाहिर ल्याउनु विचरा पत्रकारहरुको जीवन मरणको प्रश्न बन्छ । राज्यले सुरक्षाको प्रत्याभूति गर्न सक्दैन । पत्रकारलाई कहिले एउटा विद्रोही र कहिले एउटा निरिह पात्रको रुपमा उभ्याईन्छ । उसको गरिवीको फाइदा उठाएर प्रयोग गरेर फयाँक्ने काम गरिन्छ । यसको पछाडी पत्रकारहरुको कार्यशैली पनि कारक नभएको होइन । तर पत्रकारहरुलाई अप्ठयारो पर्दा विगतमा बोल्ने कोही थिएन । रुकुममा सञ्चार माध्यमहरुको संस्थागत र व्यवसायिक विकास हामीले चाहे जस्तो हिजो पनि थिएन र आज पनि छैन । विगतमा रुकुममा सञ्चारकर्मीहरुको हक अधिकारहरुलाई स्थापित गर्न वा संगठित हुन कुनै साझा संस्था थिएन । त्यसलाई मूर्त रुप दिन असफल प्रयासहरु मात्र भएका थिए । तर प्रारम्भिक सयममा त्यसलाई संस्थागत गर्न एक मात्र छाता संगठन पत्रकार महासंघको स्थापना, नेतृत्व प्रदान र संगठित गर्न तत्कालिन समयमा पत्रकार नाराण कुमार शाहको जुन संघर्षपूर्ण योगदान रहयो । त्यो कार्य कसैले पनि गर्न सकेको थिएन । यस किसिमको योगदानको पत्रकार शाहलाइृ अहिले सम्म व्यवस्थित रुपमा कसैले पनि जस दिन सकेको छैन । लाग्छ, कहिलेकाही रुकुममा राम्रो काम गर्नेहरुको उचित मूल्यांकन गरिदैन बरु नकारात्मक कुराहरुको राम्रैसंग मुल्यांकन गरिन्छ र त्यसलाई व्यक्तिको सम्पूर्ण परिधि बनाईन्छ ।
रुकुमको पत्रकारिताको बर्तमान र भविष्यः
पत्रकारिता एउटा प्रतिष्ठित, सम्मानजनक र मर्यादित पेशा हो । राज्यको चौथो अंगको रुपमा स्थापित यो क्षेत्र रुकुम जिल्लाको हकमा यसको आवश्यकताको कहिल्यै समाप्त हुने छैन । बरु यसको विकास र बृद्धिको लागी सधै आबश्यकता खट्किरहने छ । जनआन्दोलन भाग २ को सफलता र देशले शान्ति प्रक्रियमा प्रवेश गरेपछि रुकुम जिल्लाको पत्रकारिता जगतमा केही आशालाग्दा किरणहरु देखा परेका छन् । झण्डै आधा दर्जन एफ.एम. रेडियोहरु सञ्चालनमा छन् /आउदै छन् । राष्ट्रिय स्तरमा प्रकाशित÷प्रशारित सञ्चार माध्यमहरुमा काम गर्ने सञ्चारकर्मीहरु छन् । विगतमा अग्रज पत्रकारहरुले जानी नजानी गरेका कमीकम्जोरीहरुबाट अहिलकोे पत्रकार पुस्ताले जिल्लाको परिबर्तित परिबेशमा कम्तीमा कसरी कार्य सम्पादन गर्ने भन्ने सिकेको छ । सूचना प्रविधिको उपलब्धतता, उपयोग र सुबिधाको विस्तार हुँदै/भएका छन् । क्षमता विकासका विभिन्न अवसरहरु सृजना भइरहेका छन् । सरकारी निकायहरु, राजनैतिक दलहरु र गैरसरकारी पक्षहरु तथा अन्य सरोकारवालाहरु सञ्चार क्षेत्रप्रति सकारात्मक रुपले आकृष्ट भइरहेका छन् । व्यापार र बाणिज्य क्षेत्रहरुको विस्तार हुदैछ । समाजमा आर्थिक कृयाकलापहरु क्रमशः बृद्धि हुदै गइरहेका छन् । यसले रुकुममा समग्र पत्रकारिता क्षेत्रको विकासलाई पनि प्रत्यक्ष÷परोक्षरुपमा सघाउ नै पुरयाउने छ ।

रुकुममा पत्रकारिता जगतको चुनौती र जनअपेक्षाः
कहिले होला त्यो मन पलाउने, मर्दैन आश घरवार चलाउने भने जस्तै रुकुममा पत्रकारिता क्षेत्रको सुधार र विकासका लागी तीव्र जनआकांक्षा देखिन्छ । जहाँ पनि जहिले पनि प्रणालीको दोष भन्दा प्रवृत्तिको दोष मुख्य रहन्छ । पत्रकारितालाई जीवन्त राख्ने पत्रकारहरुले नै हो । त्यसैले समाजको दोष देख्ने, समाज परिवर्तनको सपना देख्ने, समाजलाई स्वस्थ रुपमा गतिशिल बनाउन चाहने पत्रकारहरुले सर्वप्रथम आफनै दोषलाई निकाल्ने, आफैलाई असल बनाउने र आफैलाई सक्षम बनाउनु पर्ने पहिलो आवश्यकता र धर्म बनिसकेको छ । रुकुमको हकमा कतिपय अवस्थाहरुमा पत्रकारहरुको व्यक्तिगत चरित्र नै पत्रकारहरु स्वयंको लागी प्रत्युत्पादक बन्दै आएको छ । पत्रकारिताको मर्म नबुझेका, नसिकेका, अन्य पेशा र व्यवसायमा संलग्न नभइसकेका अपरिपक्व केही बेरोजगार युवाहरु आफुलाई तुरुन्तै समाजमा स्थापित गराउने चाहना राखेर यो क्षेत्रलाई उपयोग गर्न पुग्दा, पेशागत मर्यादा भुलेर आर्थिक मोलमोलाई गरी धन कमाउन गलत धन्दा गर्न पुग्दा, राजनैतिक दलका मुखपत्र वा प्रवक्ता बन्न खोज्दा, विज्ञापनको आशामा असल कुरामा बाहेक केही सरकारी आधिकारीहरुको निर्लज्ज तरीकाले गुणगान गर्न तँछाड मछाँडमा लागिरहँदा, गैरपत्रकारको अनाबश्यक प्रभाव बढ्दा, सकारात्मक पक्षलाई भन्दा व्यक्ति र संस्थाको नकारात्मक पक्षलाई बढावा दिई व्यक्ति र संस्थाको सामाजिक प्रतिष्ठामाथि आक्रमण गर्दा, छापा सञ्चार माध्यमको निरन्तरता र विश्वसनीयता स्थापित गर्न नसक्दा, विज्ञापनलाई वितरण गर्न स्थानीयस्तरमा स्पष्ट नीति बनाउन नसक्दा, पत्रकारले पत्रकारको नै उछितो काढ्दै हिड्न पुग्दा, पत्रकार महासंघ जस्ता छाता संगठनलाई मर्यादित बनाउनुको सट्टा विवादित र राजनीति गर्ने थलो बनाउन पुग्दा रुकुमको सिङ्गो पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित, आवाज विहिनहरुको आवाज र अरुको आशाको केन्द्रविन्दु बनाउन अझै सकिएको छैन ।
र जुन क्षेत्रमा पनि अँध्यारा र उज्याला पक्षहरु सदैव विद्यमान हुन्छन् । उज्यालो एवं सकारात्मक पक्षलाई अगाडी बढाउन र आफुलाई एउटा रोलमोडेलको रुपमा उभ्याउनु प्रत्येक सञ्चारकर्मीको प्रमुख दायित्व हो । यसलाई साथ सहयोग दिने अन्य निकायहरुको पनि उत्तिकै दायित्व हुन जान्छ । लोकतन्त्रको संस्थागत विकासको लागी सञ्चार जगतको विकास उत्तिकै अपरिहार्य छ । एउटा अँधेरो कोठालाई उज्यालो पार्न धेरै मैनबत्ती चाहिदैन, औशीको कालोरात्री चिर्न धेरै ग्रह, नक्षत्रहरु चहिदैन र एउटै जूनको उज्यालो र एउटै मैनबत्ती उज्यालो नै काफी हुन्छ भने झै रुकुमको सिङ्गो पत्रकारिता जगतलाई उज्यालो पार्न धेरै पत्रकारहरुको भीडभाड चाहिदैन एक वा थोरै पत्रकारहरुको सकारात्मक क्रियाशिलता पनि लाख हुन सक्छ । र रुकुममा सञ्चार जगतले एक स्वर्णिम युगमा प्रवेश गर्न सक्छ । इति । धन्यावाद । (लेखक पूर्व संयुक्त राष्ट्र संघीय कर्मचारी समेत हुन ।)

0 comments:
Post a Comment