आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, September 17, 2014

लघु उद्यमी संघको अध्यक्षमा-खड्का

आहा सञ्चार संबाददाता
रुकुम

जिल्ला लघु उद्यमी समुह संघको अध्यक्षमा गोपीराम खड्का निर्बाचित भएका छन । संघको तेस्रो अधिबेशनले अध्यक्षमा खड्का सहित ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । बुधबार जिल्ला सदरमुकाम खलंगाको होटल एभरेष्टमा भएको अधिबेशनबाट उपाध्यक्षमा पबिता कामी बिक, सचिबमा चन्द्रा पुन, कोषाध्यक्षमा सुजिता बिसी र सहसचिबमा बिमला गुरुङ चयन भएका छन ।
 त्यस्तै सदस्यहरुमा झुपा बुढाथोकी, हरिमाया वली, पार्बता बिक, धनसिङ खत्री, डिल्ली शाह र ओमप्रकास खड्का रहेका छन । अधिबेशन अघि संघको साधारण सभा समेत भएको थियो । साधारणसभामा संस्थागत प्रतिबेदन र आर्थिक प्रतिबेदन पेश भई पारित भएको बताईएको छ । संघकी अध्यक्ष लक्ष्मी  रोकायको अध्यक्षता र निमित्त स्थानीय विकास  अधिकारी चिन्तामणी दाहालको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा      सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक ललित खड्काले गरेका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |