श्रीकृष्ण बुढा
रुकुम
जिल्लाको मोराबाङ १,२ र ३ मा बिजुली नबल्दा स्थानीय सर्बसाधरणहरु अध्यारोमा बस्न बाध्य भएका छन । पहिले बिजुलीको उज्यालोमा बसेको स्थानीय अहिले स्थानीय रुपमा पाईने झर्को, टुकीमारा लगायतका साधनहरु प्रयोग गरिरहेका छन । त्यहाँ स्थित सिमा गाउँमा करिब एक महिनादेखि बिजुली बलेको छैन ।

बिद्युतको मेसिन बिग्रिएपछि यस्तो समस्या भएको स्थानीयहरुले बताएका छन । अन्धकारका कारण सञ्चारका साधन प्रयोग सगै बिद्यार्थीहरुलाई अध्ययनमा समेत समस्या भएको स्थानीय राजन पुनले जानकारी दिए । मेसिनमा आएको समस्याका कारण केहि समय स्थानीयहरु अध्यारोमा बस्नु परेको बताउदै अब छिटै बिजुली सञ्चालनको तयारी भैरहेको बिद्युत उर्जा उपभोक्ता समितिले बताएको छ । करिब २०५५ सालदेखि हालसम्म नियमित रुपमा बिद्युत संचालन भैरहेको थियो ।
0 comments:
Post a Comment