आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 27, 2014

१२ रोपनी जग्गा सित्तैमा

समितिका पदाधिकारीलाई जग्गा धनी प्रमाण पत्र हस्तान्तरण गर्दै स्थानीय
मनिश खड्का
खलंगा
 जिल्ला सदरमुकाममा व्यवस्थित वसपार्क निर्माणका लागी बिभिन्न व्यक्तिहरुले ६० लाख बरावरको जग्गा निशुल्क बस समितिलाई उपलव्ध गराएका छन् । उचित वसपार्कको अभावमा गाडि पार्किङ लगायतका समस्या परेको भन्दै खलंगा ९ वसनचौरका स्थानीय बासिन्दाहरुले करिव १२ रोपनी जग्गा सिस्ने हिमाल बस ब्यबसायी समतिलाई निशुल्क उपलब्ध गराएका हुन । त्यस क्षेत्रमा एक रोपनी बरावर ५ लाख रुपैयाँ जग्गाको मुल्य रहेको छ ।
सल्ले वसपार्कको १ किलोमिटर दुरीमा पर्ने स्थानमा स्थानीय कृष्ण वुढा, लाल वहादुर खड्का, जितवहादुर खड्का, दलवहादुर नेपाली, तिलक वहादुर खड्का, गंगाराम खड्का र कमला विएमले जग्गा उपलव्ध गराएका हुन । जग्गादाताहरुले औपचारिक रुपमै भाद्र ३ गते जिल्ला मालपोत कार्यालयमा जग्गा रजिस्टे«शन पास गरिदिएको र अब तत्काल निर्माणको काम अगाडि बढाउने सिस्ने हिमाल बस ब्यवसायी समितिका अध्यक्ष महेन्द्र बुढाले जानकारी दिए । समितिले खलंगामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निशुल्क जग्दा दान गर्नेहरुलाई धन्यबाद समेत दिएको छ । जिल्लाको सदरमुकामलाई मुसिकोट नगरपालिकको रुपमा विकास गर्ने सरकारी योजना रहेको र यसका लागि आवश्यक पर्ने विभिन्न पुर्वाधार मध्ये व्यवस्थित वसपार्क पनि महत्वपुर्ण पुर्वाधार भएकोले यसको निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यले आफुहरुले जग्गा दान गरिएको उनीहरुले बताएका छन् । यस्तै वसपार्क तथा सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले चन्द्र वहादुर केसीको अध्यक्षतामा ६ सदस्यीय निर्माण उपभोक्ता समिति समेत गठन गरिएको छ । 

समितिको  उपाध्यक्षमा भीमा खड्का, सचिव टिकाराम खड्का, सहसचिव कमला खड्का र कोषाध्यक्षमा अनिल वि.एम रहेका छन । जिल्लाकै मुख्य वसपार्कको रुपमा रहेको सल्ले वसपार्कको क्षमता कम हुदा गाडि पार्किङमा समस्या भैरहेको छ । वसपार्कको क्षमता बृद्धि गर्नुपर्ने देखिएपनि उचित स्थानको अभावमा समस्या पर्दै आएको थियो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |