आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, August 12, 2014

किशोरीमाथी भएको बलात्कार बिरुद्ध धर्ना

मेगराज खड्का
रुकुम

साउन २१ गते नेपालगंजको बसपार्कमा रुकुमकी एक किशोरीमाथी गाडि भित्रै भएको सामुहिक बलात्कारको बिरुद्धमा रुकुमका महिला अधिकारकर्मीहरु आन्दोलित भएका छन । रुकुम खलंगाबाट नेपालजंगको लागी छुटेको रात्री बसमा मामाघर जाने भनेर गएकी रुकुम स्यालापाला गाबिस स्थित १८ बर्षिय एक किशोरीलाई गाडि सहचालकहरुले सामुहिक बलात्कार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
    सोमबार अन्तरपार्टी महिला सञ्जाल रुकुमको अगुवाईमा भएको उक्त बिरोध कार्यक्रम अन्तरगत सदरमुकाम मुसिकोट खलंगामा बिरोध ¥याली तथा स्थानीय प्रहरी प्रशासनमा धर्ना समेत दिएका छन । महिलाहरुले बजार परिक्रमा सगै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा केहि समय धर्ना दिएका हुन । धर्ना पश्चात कोणसभा कार्यक्रममा बोल्ने अधिकांस महिला अधिकारकर्मीहरुले बलात्कारीलाई जन्मकैदको ब्यबस्था गर्न सरकार संग माग गरेका छन । खलंगाको कालिका मन्दिर छेउमा भएको कोणसभा कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी लुम्बीनी गौतमले सरकारले बलात्कार बिरुद्धका कानुन धेरै बनाएको भएपनि कार्यन्ययन नगराउदा दिनदिनै यस्तै घटनाहरु दोहरिएको बताईन ।
जिल्लामा पनि पछिल्ला समय महिला बिरुद्धका यौनिक हिंसा तथा बलात्कारका घटनाहरु घटेको भएपनि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन नसकिहरेको उनको भनाई रहेको छ । ‘एउटा गाडिमा यात्रा गरिरहेकी किशोरी असुरक्षित हुन्छिन भने महिलाहरु अन्य झन कहाँ सुरक्षित हुन सक्छन’ गौतमले भनिन्, ‘कुनै एक महिला या आम नागरिकको सुरक्षा कसले गर्ने हो, त्यो राज्यको काम हो की होईन ।’  कोणसभामा बोल्दै अन्तरपार्टी महिला सञ्जाल अध्यक्ष कल्यानी खड्काले  बलात्कारीहरुलाई राज्यले कडाभन्दा कडा कारबार्हि नगरिएसम्म आफुहरुको आन्दोलन जारी राख्ने बताईन । ‘स्थानीय प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना दिनेसम्म काम गरिसकेको छौ, यसले पनि राज्यको ध्यान नतानिए आफहुरु अझै कडा आन्दोलनमा उत्रिन्छौ’ खड्काले भनिन् । 
    त्यस्तै कार्यक्रममा महिला अधिकारकर्मी शारदा डाँगीले कानुनका नाममा महिलालाई एकहोरो हेरे समेत    कारबाही हुने कानुन बनाउने तयारी भएपनि ब्यबहारमा भने सामुहिक बलात्कार गर्नेहरुलाई समेत राज्यले कडा कारबार्हि गर्न नसकेको बताईन । बलात्कारको घटनामा आरोपित सहचालक दाङ तुल्सीपुरका सुमन बिसी र दैलेखका अजिब सुनारलाई प्रहरीले पक्राउ गरिसकेको बताईएको छ । गाडिमा यात्रा गरिरहेकी रुकुमकी एक किशोरीलाई गाडि सहचालक बाटै बतात्कृत हुनु निन्दनीय र दन्डनिय दुबै कार्य रहेको बताउदै सामुहिक बलात्कार गर्ने दोषीलाई कानुन अनुसार कडा  कारबाही गर्न रुकुमेली महिलाहरुको माग रहेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |