आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 13, 2014

‘अब ओली–नेपाल गुटमा लागिन्न’

मेगराज खड्का
रुकुम

नेकपा एमालेका केन्द्रिय सदस्यद्धय खेममान खड्का र शेरबहादुर केसी  (बैकल्पिक) अब केपी ओली र माधब नेपालको गुटमा नलाग्ने बताएका छन ।  एमाले हालै सम्पन्न नऔं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्यमा बिजयी दुबै सदस्यहरुले आफुहरु अब कुनै पक्षको राजनिति गर्ने नभई सिंगो एमालेको पक्षमा लागिपर्ने बताएका हुन । रुकुमबाट नेकपा एमालेले दुई केन्द्रिय सदस्य पाएको खुसियालीमा प्रेस चौतारी रुकुमले बिहिबार गरेको बधाई ज्ञापन तथा पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन । उनीहरुले आफुहरु दुई प्यानलबाट केन्द्रिय सदस्यका लागी लडेको भएपनि महाधिबेशन पश्चात एउटै नेकपा एमाले प्यानल भएको दाबी गरे । कार्यक्रममा बोल्दै नबनिर्बाचित केन्द्रिय सदस्य खड्काले एमाले यो नऔं महाधिबेशन पार्टीको पुरानो गुटउपगुट, र धुलोमैलो हटाउने सगैं नेतृत्व हस्तान्तरणको एक ऐतिहासिक महाधिबेशन रहेको उल्लेख गर्दै अब नयाँ दृष्टिकोणका साथ पार्टी अगाडि बढ्ने बताए ।
    रुकुमबाट दुई केन्द्रिय सदस्य प्राप्त गर्ने काम नेकपा एमाले रुकुमका लागी खुसिको कुरा रहेको उल्लेख गर्दै अब आफुहरु एक भएर रुकुमको आवाज केन्द्रमा पु¥याउन पुलको काम गर्ने उल्लेख गरे । ‘केसी कामरेड र म महाधिबेशनको बेला जस्तो कुनै गुटको पक्षमा होईन सिंगो एमालेको पक्षमा उभिरहने छौ’ खड्काले भने । त्यस्तै कार्यक्रममा अर्का केन्द्रिय सदस्य केसीले दुई बिचार समुहबाट महाधिबेशनमा आफुहरु गएका कारण दुबै जना केन्द्रिय सदस्य हुन सफल भएको बताएका छन । नेकपा एमाले रुकुमको पहुँच केन्द्रमा बढाउने स्वार्थ लिएर आफुहरु दुई बिचार समुहमा कार्यक्रम अबधीमा अटाएपनि अब ति सबै बिर्सिएर अगाडि बढ्ने धारणा राखे । ‘पार्टीको चुनाबका बेला खड्का एक बिचार समुहमा लाग्नुभयो म एक बिचार समुहमा लागे तर अब त्यस्तो बिचारको चिसोपन हामी संग छैन’ केसीले भने । खड्का ओली पक्षबाट र केसी नेपाल पक्षबाट महाधिबेशनमा चुनाब लडेका हुन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |