आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, August 10, 2014

चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन

नेपाली सिने जगतका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन
काठमाडौं २५, साउन- नेपाली सिने जगतका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा दिल्ली स्थित एपोलो अस्पतालमा आइतबार विहान ५ बजे निधन भएको हो ।‘डिप निमोनिया’का कारण  उनको निधन भएको श्रीकष्णका साथी एवं निर्देशक आकाश अधिकारीले जानकारी दिए । हालसालै विवाह बन्धनमा बाँधिएका श्रेष्ठ विगत दुई हप्ता देखि निमोनिया रोगले ग्रसित थिए । दशकअघि अल्सर भएपछि उनी अन्य रोगबाट पनि ग्रसित बनेका थिए । एक महिना अगाडि अर्थात असार २३ गते नायिका स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगेलगतै उनी बिरामी भएको खबर आएको थियो । वि।सं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् । श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहा भेटिएला जस्ता हिट सिनेमा दिएका श्रीकृष्ण निक्कै मिलनसार समेत मानिन्थे । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ अहिले हलमा लागिरहेको छ । karobardaily.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |