आहा सञ्चार
रुकुम
गृह मन्त्रालयले आफूसंग भएको अवैध हातहतियार बुझाउन सर्वसाधारणलाई फेरी मौका दिएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ती जारी गरी प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भए जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन आग्रह गरेको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय रुकुमले पनि पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जिल्लाका कुनै ब्यत्तिसंग अबैध हातहतियार भएमा सम्बन्धीत कार्यालयहरुमा बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले साउन मसान्त सम्म आफु संग भएको हातहतियार सरकारलाई बुझाएमा उसलाई कुनै पनि कानुनी कारबार्हि नहुने जानकारी दिए । तर म्याद गएपश्चात अवैध हातहतियार फेला परेमा प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यहोरा समेत मन्त्रालयले जानकारी गराएको छ ।
0 comments:
Post a Comment