
रुकुम
जिल्लामा वाल विवाह मौलाउदै गएपनि मुद्दाकै रुपमा अन्तरजातिय विवाहलाई मात्र उठाउने गरेको आरोप सरोकारवाला निकायहरुले लगाएका छन । मानव अधिकार बर्ष पुस्तक १०१५ को अर्ध बार्षिक समिक्षा कार्यक्रममा बोल्दै राजनितिक दलका प्रतिनिधी र अधिकारवादीहरुले यस्तो आरोप लगाएका हुन ।
गाउँमा प्रशस्त वालविवाहरु हुने गरेको भएपनि फरक जातको विहे भयो भने तत्काल प्रहरी कार्यालयमा पुग्ने गरिएको नेपाल पत्रकार महासघ रुकुम अध्यक्ष गणेश विकले बताए । त्यस्तै कार्यक्रमा बोल्दै नेपाली काँग्रेस रुकुमका सचिव हर्कसिह खत्रीले विगतको भन्दा जिल्लामा मानव अधिकारको अवस्थामा सुधार आएको बताए । ‘वाल विवाह अत्यधिक बढेको छ, सानै उमेरमा वाल विवाह गर्ने र पछि सम्बन्ध विग्रार्ने कार्यले सामाजिक मेलमिलापमा समेत असर पुगेको छ’ खत्रीले भने । कार्यक्रममा एनेकपा माओबादीका जिल्ला सचिवालय सदस्य धनवीर ओलीले वाल विवाहको कुरामा जिल्लामा ठुलो राजनिति हुने गरेको आरोप लगाए । विगतमा भन्दा राजनितिका कारण उलंघन हुने मानव अधिकार उलंघनका घटनामा कमी आएको पनि पनि सामाजिक रुपमा उलंघन हुने मानव अधिकारका घटनाहरु बढिरहेको उनले बताए । कार्यक्रममा सहभागी अन्यले विगत देखि नै मानव अधिकारको प्रवद्र्धन गर्ने कुरामा इन्सेकले महत्वपुर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा अझ प्रभाबकारी रुपमा काम गर्न सुझाब दिएका थिए । कार्यक्रममा इन्सेक रुकुमका प्रतिनिधी आदर्श के.सीले विगत ६ महिनामा जिल्लामा घटेका मानव अधिकार उलंघनका घटनाहरु सार्वजनिक गरेका थिए ।
विगत ६ महिनाको अवधिमा नागरिक तथा राजनीतिक अधिकारसम्मान पुर्वक बाँच्न पाउने अधिकार अन्र्तगत हत्या १, महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव, दुव्र्यवहार बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार अन्र्तगत बलत्कार १ र वाल विवाहका घटना २ वटा सार्वजनिक गरिएको थियो । सो अवसरमा सहभागिहरुले उक्त घटनाहरुमा सुझावहरु दिदै छुटेका कुरा समेटन आग्रह गरेका थिए । अन्तरजातिय वाल विवाहमा मात्र वाल विवाहका कुरा उठने र त्यहीलाइ मात्र प्रहरीले दर्ता गर्ने हुदा अन्य अवस्थामा बाल विवाह बढिरहेको भन्दै यसमा सचेत हुने सहभागिहरुले सुझाब दिएका थिए ।
0 comments:
Post a Comment