आहा सञ्चार
रुकुम
जिल्ला सदरमुकाम खलंगामा राष्ट्रिय सिंचाई जलउपभोक्ता महासंघ नेपालद्धारा उपभोक्ता समितिलाई सिंचाई व्यवस्थापन र सशक्तिकरण सम्बन्धि तीन दिने तालीम सुरु भएको छ । सामुदायिक सिंचाई आयोजना सिआईपी रुकुम र जिल्ला प्राविधिक कार्यालय रुकुमको आयोजनामा तालीम सुरु भएको हो । सामुदायिक सिंचाई आयोजना सिआईपी रुकुमद्धारा ११ नम्बर ईलाकामा संञ्चालन हुने सिंचाई उप आयोजनाका जल उपभोक्ता समितिका अध्यक्ष, सचिब, कोषाध्यक्ष र सदस्य गरि ३० जनालाई आगामी ६ गतेसम्म ३ दिने सिंचाई योजना ब्यवस्थापन तथा निर्माण सम्बन्धि तालिम सञ्चालन भएकोे छ ।

तालिममा जलस्रोत र जलस्रोतको उपयोगीता, जल उपभोत्ताको कानुनी व्यवस्था, तरकारीको महत्व र नगदे वाली तथा फलफूल खेति महत्व र यसको सम्भावन, प्राङगारीक मल, अर्गानीक खेती र बाली सघनता, सिंचाई निर्माण र मर्मत सम्भार कार्य, आधुनीक कृषि प्रणालीमा सिंचाईको महत्व लगाएतको बिषयमा सिकाईने अयोजकले जानकारी दिएको छ । तालिमको सहजिकरण सिआईपि रुकुमका ईन्जिनियर सुदिपबिक्रम भट्ट, जिल्ला कृषि बिकास कार्यालय रुकुमका बरीष्ट कृषि बिकास अधिकृत कुलप्रशाद अधिकारी, सिआईपि रुकुमका जिल्ला संयोजक हिक्मत बहादुर रोकाया, सिआईपि रुकुमका असिष्टेन्ट सब ईन्जिनियर रुद्रगोपाल डाँगी, राट्रिय सिंचाई जल उपभोक्ता महासंध रुकुमका उपाध्यक्ष बिरबहादुर खड्का, सचिव कल्याणी खड्का लगायतले गर्ने बताईएको छ । मग्मा, बाँफिकोट, झुला र आठविसडाँडागाउँ गाविसमा सञ्चालन हुने सिंचाई उप आयोजनाका जल उपभोक्ता समितिका पदाधिकारी सहभागीता रहेको तालिम उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्राविधिक कार्यालय रुकुमका निमित्त प्रमुख जिल्ला ईन्जिनियर नविन श्रेष्ठले यस तालिम पश्चात जल उपभोक्ता समितिहरुले सिंचाई उप आयोजनाहरु गुणस्तर निर्माण तथा मर्मत सम्भार गर्न सक्नेछन् साथै आधुनिक सिंचाई प्रनाली मार्फत कृषि उत्पादनमा बृर्दि गर्ने कुरामा जोड दिए । त्यस्तै स्थानीय बिकास अधिकारी भरतकुमार शर्माले आयोजना निर्माणका लागी छुट्याईएको रकम सदुपयोग गरी राम्रो र दिगो टिकाउ हुने खालका सिंचाई उप आयोजना निर्माण गर्न सल्लाह दिए ।
तालिम उपभोक्ताहरुको लागी उपलब्धिमुलक भएकाले प्राथमिकताका सिक्न सल्लाह दिदै तालीममा सिकेका कुरा ब्यबहारमा उतार्न उनले सहभागीलाई अनुरोध गरे । सिआईपि रुकुमका जिल्ला संयोजक हिक्मत बहादुर रोकायाको सञ्चालन रहेको तालिम उद्धघाटन कार्यक्रममा जिल्ला प्राविधिक कार्यालय रुकुमका निमित्त प्रमुख जिल्ला ईन्जिनिएर नविन श्रेष्ठ, ईन्जिनिएर पहबहादुर पुन, जिल्ला कृषि विकास कार्यालय रुकुमका बरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारी, जलउपभोक्ता समिति रुकुमका उपाध्यक्ष विरबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
0 comments:
Post a Comment