आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, June 21, 2014

विद्युत निर्माणको कामलाई तिब्रता

शेर प्रसाद ढकाल
कोटजहारी

जिल्लाको कोटजहारीमा निमार्ण कार्य थालिएको लावुरखोला लघु जलविद्युत आयोजना निमार्ण कार्यलाई तिव्रता दिइएको छ । ४ वर्ष अघि निमार्ण कार्य थालिएको लघु जलविद्युत आयोजनाबाट असार मसान्त भित्र वत्ति बाल्ने लक्ष्यका साथ निमार्ण कार्यलाई तिव्रता दिइएको हो ।
 आयोजनाको नहर निमार्णको काम अन्तिम चरणमा पुग्नुका साथै विद्युत गृह निमार्णको काम भईरहेको निमार्ण उपभोक्ता समितिले जनाएको छ । नहर देखि विद्युत गृह सम्म पाईप विस्तार गरेसँगै मेसिन जडानको काम पनि लगतै संचालन गरिने आयोजना निर्माण समितिका अध्यक्ष ईन्द्रलाल शर्माले जानकारी दिए । ३ करोड ७६ लाख बराबरको लागतमा निर्माण हुने आयोजनाबाट ८५ किलोबाट क्षमताको विद्युत उत्पादन हुने बताईएको छ । आयोजना निर्माण पश्चात कोटजहारी गाविसका ९ सय ८१ घरधुरीहरु लाभान्वित हुनेछन् ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |