आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, June 21, 2014

एकताका लागि पाँच पार्टीले बनाए संयुक्त कार्यदल

5 party
काठमाडौं असार ७ । एकीकृत माओवादीसहति माओवादी धारका पाँच कम्युनिष्ट पार्टीले कार्यगत एकताका लागि गृहकार्य गर्न संयुक्त कार्यदल गठन गरेका छन् । एकीकृत माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पोरिसडाँडामा शनिबार बसेका पाँच दलका शीर्ष नेताको बैठकले हरेक दलबाट एक एक जना रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलमा एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा, नेकपा–माओवादीबाट सचिव देव गुरुङ, नेकपा (माओवादी) बाट देवशरण यादव, मणि थापा क्रान्त्किारी कम्युनिष्ट पार्टीबाट टिकाविक्रक हमाल र नेकपा एकीकृतबाट रामसिंह श्रीष छन् । कार्यदललाई आगामी असार १२ गतेसम्म संयुक्त मोर्चाको नाम, कार्यविधि, अधिकार क्षेत्र, आचारसंहिता र नेतृत्वबारे गृहकार्य गरेर प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले बताए । उनले १२ गते नै राजधानीमा विशेष कार्यक्रम गरी मोर्चाको औपचरिक घोषणा हुने जानकारी दिए । तत्कालका लागि राजनीतिक एजेण्डाका आधारमा कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकता गर्न सैद्धान्तिक सहमति जनाएका ती दलले मोर्चाको नाम र नेतृत्वबारे टुंगो लगाउन सकेका छैनन् । एकीकृत माओवादीले संयुक्त राजनीतिक मोर्चा र नेकपा–माओवादीले संयुक्त राजनीतिक संघर्ष समिति नाम राख्न प्रस्ताव गरेका छन् । मोर्चाको नेतृत्व आलोपालो प्रणालीका आधारमा गर्नेबारेमा भने आमसहमति रहेको थापाले बताए । आजको बैठकमा एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, नेकपा–माओवादीबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव नेत्रविक्रम चन्द र देव गुरुङसहति सबै दलका प्रमुख नेता सहभागी थिए । http://nepalhotline.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |