आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, June 18, 2014

चलचित्र पाठशाला असार ११ गतेदेखि


आहा सञ्चार
रुकुम

नेपाली कथानक चलचित्र पाठशाला यहि असार ११ गतेदेखि देशभर प्रदर्शमा आउने भएको छ । चलचित्र प्रदर्शनका लागी सम्पुर्ण तयारी पुरा भएको समेत निर्माण युनिटले जानकारी दिएको छ । देशको शैक्षिक विकास र बिद्यार्थी ज्ञानको अभिबृद्धिका चलचित्र क्षेत्रबाट पहिलो प्रयास दाबी गरेको फिल्म युनिटले बिषेश गरी शिक्षा क्षेत्रमा सरोकार र चासो राख्ने ब्यक्तिहरुका लागी महत्वपुर्ण फिल्म रहेको बताईएको छ । देश मुख्यमुख्य शहरसगै चलचित्रको अधिकांस भाग रुकुम जिल्लामा छायांकन गरिएको हो । अरुण खड्का निर्माता रहेको चलचित्रमा राज बहादुर सानेको निर्देशन रहेको छ । चलचित्रको नायकमा एलबि कटुवाल र राज गौतम तथा नायिकामा संगिता बिसी र मेनका गिरी लगायतका अन्य कलाकारहरु रहेका छन । नायक कटुवालले शिक्षक, बिद्यार्थी र अभिभावकको बिचमा रहेको अन्तरसम्बन्ध सहित बिद्यार्थी जीवनमा यसको सम्बन्ध राम्रो नभएमा पार्ने नकारात्मक मनोबिज्ञानलाई चलचित्रमा उठाईएको छ । ‘शिक्षा क्षेत्रमा देखिएको बिकृतिको सुधार योजनाका लागी जोसकैले पनि हेर्न नछुटाउने फिल्म पाठशाला हो’ उनले भने, ‘मनोरञ्जनको माध्यमबाट शैक्षिक  चेतना दिन गरिएको यो नौलो प्रयास हो ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |