नेपालको राजधानी काठमाण्डौ विश्वकै सून्दर शहर भनेर कुनै समय बिदेशीहरुको चर्चामा थियो । तर दिर्घकालिन योजनाको अभावका कारण आज काठमाण्डौ अत्यन्त फोहोर र दुर्गन्धीत भएको छ । म बिदेशमा भएको बेलामा मेरा एकजना बिदेशी मित्रसगको परिचयमा म नेपाली भन्न साथ नेपाल शुन्दर छ तर अत्यन्त फोहोर छ भनेर उनले आफना मित्रलाई नेपालको बारेमा जानकारी दिदा म नतमस्तक भएको थिए । नेपालको बारेमा बिदेशीहरुकोे धारणा कस्ता रहेछन् भन्ने, यो साना परिचयले पनि प्रष्ट पारेको छ । नेपालका नेताहरुले कुनै दिन रुसको संसद भवनमा कुर्सी हानाहान गरेका र भारतमा मुक्का हानाहान गरेको कुराहरुलाई व्यवहारमा लागु गरे तर गरिब जनताका करबाट उठाईएको रकमवाट पटक पटक बिदेश भ्रमण त गरे तर त्यहाँ भएका राम्रा कुराहरुहरुलाई कहिले पनि व्यवहारमा लागु गरेनन् ।
नेपालमा जर्मन सरकारको सहयोगमा फोहोर मैला व्यवस्थापन कार्यालयको स्थापना भएता पनि यसले सन्तोषजनक रुपमा आफनो कार्य गर्न सकेन । यसको मुख्य कारण जनचेतना मुलक कार्यक्रमलाई व्यापक र निरन्तरता गर्न नसक्नु,फोहोर व्यवस्थापनको दिर्घकालिन उपायको खोजी गर्न नसक्नु,समय समयको राजनैतिक खिचातानी र नेताहरुको सत्ता मोह केद्रित राजनीति नै मुख्य कारक हो । पशुपति क्षेत्र विकास कोष स्थापना भएको पनि बर्षौ भई सक्यो तर पनि पशुपति क्षेत्र भित्रकै स्थानलाई स्वच्छ र सफा गर्न सकेको छैन् । काठमाण्डौ महानगरपालिकाकोे काठमाण्डौ लाई स्वच्छ र सफा सहर बनाउने नारालाई महानगरपालिकाकै ढोका अगाडिको फुटेको ढलले चुनौती दिई रहेको छ भने जथाभावी फालिएको फोहोर, बाटोमा अनियन्त्रित रुपमा राखिएका पसलहरु, छाडा छोडिएका गाई गोरुहरुले पनि नेपाल पर्यटन वर्षलाई चुनौती दिईरहेकोे छ । राजनेताहरु पर्यटन वर्षलाई सफल पार्ने बाचा गर्दै रिवन काटदै हिडिरहे तर देशलाई स्वच्छ, सफा र हराभरा बनाउने नितिगत योजना निर्माण गर्ने कार्यमा समय खर्चिन सकेनन् । नयाँ नेपाल निर्माण गर्ने बारे नेताहरुले पटक पटक भाषण गरेता पनि सत्ता भागबण्डामा नै केन्द्रित रहे ।
सत्ता भागबण्डाका लागि झगडा गरिरहने नेताहरुले देशलाई स्वच्छ सफा र हराभरा बनाउने कार्यमा अलिकति मात्र समय खर्चे पनि नेपालको पर्यटन विकाशमा ठुलो मद्दत मिल्ने थियो । तराई मधेस एक प्रदेशको नारा फलाकेर राज्य बिखण्डनका लागि उन्मुख मधेशवादि नेताहरुले स्वच्छ र सफा तराई मधेस एक प्रदेशको नारा लिएर हिडे तराइमा फोहोरका कारण बर्षेनी हुने बिभिन्न खालका रोगको प्रकोपवाट जनाताले मुक्त पाउने थिए । रुकुम जिल्लाको सन्दर्भमा कुरा गर्ने हो भने पनि, रुकुम जिल्लालाई प्रकृतिक शौन्दर्यताले भरिपुर्ण बनाएको छ, यहाँको प्राकृतिक शौन्दर्यताको बर्णन रुकुम आई पुगेका जो कोहिले पनि नगरेका कमै होलान । विकास निर्माणको क्रममा रहेको यो जिल्लालाई स्वच्छ, सफा बनाउन दिर्घकालिन योजनाको खाचोको महशुस यहाँका जनातले गरेका छन् । जिल्लाको भौगोलिक बनौट तथा प्राकृतिक शौन्र्दयतालाई दृष्टिगत गर्दा नेपालको पर्यटकिय नगरिको रुपमा बिश्वमा चिनाउन सफल रहेको पोखरा भन्दा कम हुने छैन् । देशको सुन्दरताको पहिलो कडि भनेको त्यस देशको स्वच्छता नै हो । रुकुम जिल्लालाई पर्यटन विकासका लागि राम्रो योजना लिएर अगाडि बढने हो भने काठमाण्डौले भोगेको जस्तो दुर्दशा रुकुमले भोग्नु पर्दैन । अहिले रुकुम लगायतका जिल्लाहरुमा जिल्ला विकास कार्यालय लगायत विभिन्न सरकारी तथा गैर सरकारी संंघ संस्थाहरुको सहकार्यमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लहर चलेको छ । यो आफैमा सराहनिय कार्यको थालनी हो तर त्यतिले मात्र पुग्दैन् । होटलका ठुला ठुला कोठाहरुमा बसेर गरिएका निति, निर्णय तथा कार्य योजनाले आजका दिन सम्म कति उपलब्धि हासिल गरेका छन्, त्यसको लेखाजोखा हुनु अति आवश्यक छ । कुनै कार्यको थालनी पुर्व त्यसबाट प्राप्त हुने परिमाण तथा त्यसको निरन्तरता र दिर्घकालिन प्रभावको बारेमा गहन विश्लेषणको पनि त्यति नै अवश्यता छ । यो परिस्थितिमा जिल्ला विकास समिति तथा नगरपालिकाहरुले मात्र शहरलाई स्वच्छ र सफा राख्न सक्ने अवस्था छैन् । यसका लागि हामी जनता जनार्दन पनि सचेत र सभ्य हुनु जरुरी छ ।
यद्यपी नगरपालिकाहरुकोे पहलमा टोल टोलमा, टोल सुधार समिति गठन गर्ने । टोल सफा र स्वच्छ गरेका टोल सुधार समितिहरुलाई विकास निर्माणका कार्यहरु गर्दा पुरस्कार स्वरुप पहिलो प्राथमिकता दिने, सडकमा जथाभावी गाई गोरुहरु छोडने व्यत्तिहरुलाई जरिवाना गर्ने, सडकमा जथाभावी राखिएका पसलहरुलाई निश्चित स्थानमा व्यवस्थापन गर्ने, बिद्यालय र कलेजहरुमा फोहोर मैला र सर सफाई सम्बन्धि सचेतना गोष्ठि र तालिम दिने गर्नु पर्दछ । त्यस्तै जुन बिद्यालय र कलेजहरुका वरिपरिको वातावरण सफा छ त्यस्ता बिद्यालय र कलेजहरुलाई वार्षिक रुपमा पुरस्कार र प्रोत्साहन दिने, पसल तथा सडक वरिपरि जथाभावि फोहोर फाल्ने लाई कारवाहि स्वरुप जरिवाना गर्ने, थोत्रा र मापदण्ड विपरित संचालन गरिएका सवारी साधनहरुलाई सम्बन्धित सरोकारवालाहरुसंग समन्वय गरि हटाउने जस्ता कार्यहरु गर्न अति आबश्यक भै सकेको छ ।
फोहोर संकलन गर्नका लागि कागजका थैलाहरु जिल्ला विकास समिति तथा नगरपालिकाहरुको पहलमा निर्माण गर्न लगााई अत्यन्त सुपथ मूल्यमा उपभोतmाहरुले पसल पसलवाट खरिद गर्न सक्ने व्यवस्था मिलाउने, फोहोर संकलन गर्दा जलेर नष्ट हुने खालका फोहोरहरु र पुनःप्रयोग गर्न सक्ने खालका बस्तुहरुलाई छुटाछटै थैलामा राखी फाल्ने, प्लाष्टिक र प्लाष्टिक जन्यबस्तुहरुलाई विस्थापित गर्ने, उतm कार्यहरुकोे निरिक्षण सामुदयिक प्रहरी, जिल्ला विकास समिति तथा नगरपालिकाका कर्मचारिले गर्ने उचित देखिन्छ । त्यसैगरी जुन वडा सफा र स्वच्छ छ त्यस वडाका कर्मचारिहरु र सामुदयिक प्रहरिलाई प्रोत्साहन र पुरस्कृत गर्ने । फोहोर फाल्ने दिन र समय तालिका (चित्र सहितको) को क्यालेण्डर बनाई प्रत्येक उपभोत्ताहरुलाई उपलब्ध गराउने जस्ता कार्यहरु गर्न सकियो भने पनि जिल्लालाई स्वच्छ र सफा राख्ने नारालाई केहि सार्थक बनाउन सकिन्छ । नयाँ नेपाल निर्माण गर्न सबैको चासो बढि रहेको अवस्थामा सबैले यस तर्फ गम्भिर भएर सोच्ने हो भने नेपाललाई केहि हद सम्म सफा र स्वच्छ राख्न सकिन्छ की ? यस तर्फ ध्यान दिने हो की ?
0 comments:
Post a Comment