आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, May 21, 2014

कार्यालयमा आउदैनन् कर्मचारी

आहा सञ्चार
रुकुम ७ जेठ


जिल्ला प्रशासन कार्यालय रुकुमले जिल्ला स्थित केहि सरकारी कार्यालयहरुमा छड्के अनुगमन गर्दा दर्जन बढी कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाईएको छ । अनुगमनका क्रममा केहि कार्यालयहरुमा बिदा स्वीकृत नगरी कार्यालय प्रमुख देखि अन्य कर्मचारीहरु कार्यालयमा अनुपस्थित भएका हुन ।
अनुगमनका क्रममा करिब एक महिनादेखि मध्यपश्चिम सिंचाई सव डिभिजन कार्यालय रुकुमका कार्यालय प्रमुख नियाज वारीस बिदा स्वीकृत नगरी अनुपस्थित रहेको रुकुमका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै जिल्ला विकास समिति, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्राबिधिक कार्यालय, जिल्ला कृषि कार्यालय र जिल्ला पशु कार्यालयमा गरिएको अनुगमनका क्रममा पनि पनि एक दर्जन बढी कर्मचारी कार्यालयमा नभेटीएको बताइएको छ ।
कार्यालयमा बिदा स्वीकृति नगरि अनुपस्थित कर्मचारीहरुलाई नियमानुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ । आर्थिक बर्षको अन्त्यमा कार्यलयहरुमा कामकाज बढी हुने भएपनि कार्यालयका प्रमुख तथा कर्मचारीहरु नभेटिनु राम्रो कुरा नभएका कारण यो बिषयमा प्रशासनको ध्यान केन्द्रित भएको निमित्त प्रजिअ पौडेलले बताए । ‘आबश्यक काम तथा बिदा स्वीकृत नगरी कार्यायमा उपस्थित नहुनेलाई अब सुख दिईने छैन’ निमित्त प्रजिअ पौडेलले भने, ‘अन्य कार्यालयहरुको पनि अवस्था कस्तो त्यसको लागी केहि दिनमा थप अनुगमन गरिने छ ।’ अनुगमनका क्रममा केहि कार्यालयका कर्मचारीहरुले कृते हस्ताक्षर समेत गरेको पाईएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |