आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, May 27, 2014

आहा सञ्चार साप्ताहिक दोस्रो बर्षमा प्रबेश

आहा सञ्चार
रुकुम

रुकुमबाट प्रकाशनमा रहेको एकमात्र समाचारप्रधान पत्रिका आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको छ । २०७० साल जेठ ७ गतेदेखि प्रकाशन शरु भएको पत्रिका मंगलबारको यस अंक देखि दोस्रो बर्षमा प्रबेश गरेको हो ।
पत्रिका दोस्रो बर्षमा प्रबेश गरेको अवसरमा पत्रिकाका प्रकाशक÷सम्पादक मेगराज खड्काले एक बिज्ञप्ती जारी गरी निरन्तरतार रुपमा सहयोग गर्ने बिज्ञापनदाता, पाठक, लेखक, स्थानीय संबाददाता, जिल्ला स्थित संचारमाध्यम तथा पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सर्बसाधरणहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्नुभएको छ ।  सुबेच्छुकको नियमित सहयोग र आर्शिबादका कारण जिल्लाको ज्ञानसिप, प्रबिधी, आर्थिक, सामाजिक, सांस्कृति, राजनैतिक र भौतिक समस्या संगै अस्वस्थ प्रतिष्प्रधालाई पनि छिचोलेर गन्तब्यमा पुग्न सफल भएको बिज्ञेप्तीमा उल्लेख गरिएको छ । आहा सञ्चार रुकुमेली छापा माध्यमको एक ब्यबसायिक अभ्यास भएको उल्लेख गर्दै आउँदा दिनहरुमा पत्रिकाले  समेट्ने समाचार तथा बिचारको घेरा तथा पहुँचलाई फराकिलो पार्दै अनलाईन संस्करणलाई समेत अझै व्यवस्थित गरि बिश्व समुदायको ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि पाठकसंग ब्यक्त गरिएको छ । यसैबिच पत्रिकाले आफ्नो पहिलो बार्षिक उत्सबको अवसरमा जिल्लाको निजि तथा सञ्चार क्षेत्रबाट पहिलो पटक आहा सञ्चार पत्रकारिता पुरस्कारको स्थापना गरेको बिगेप्तीमा घोषणा गरिएको छ । आहा सञ्चार आफ्नो मात्र ब्यवसायिकतामा केन्द्रित नरहेको बताउदै रुकुमेली पत्रकारिताको सम्मान र उन्नतीका लागी प्रत्येक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिने उल्लेख गरिएको छ ।
 जस अनुसार यस पटकको पत्रकारिता पुरस्कार सामाजिक रुपान्तरणमा क्रियासिल दलित पत्रकार प्रबिर ददेललाई प्रदान गरिने घोषणा गरिएको छ । जिल्लामा हुने एक औपचारिक कार्यक्रमका बिच उक्त ५ हजार राशीको पुरस्कार प्रदान गरिने छ । सञ्चारको क्षेत्रबाट जिल्लामा पहिलो पटक स्थापना गरिएको उक्त पत्रकारिता पुरस्कारले जिल्लामा रहेर नियमित, उत्कृष्ठ र साहासिक पत्रकारिता गर्ने पत्रकारलाई ठुलो प्रेरणा पुग्नेछ भन्ने बिश्वास बिज्ञप्तीमा लिईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |