शेर प्रसाद ढकाल
खोलागाउँ
जिल्लाको खोलागाउँ गाविसलाई पनि जिल्लाको ३४ औं खुला दिसामुक्त गाविसको रुपमा घोषणा गरिएको छ । रुकुमलाई जेठ २२ गते भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार गाविसका १ हजार २ सय ७२ घरधुरीमा शौचालय निमार्ण गरेपछि गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
खोलागाउँ
जिल्लाको खोलागाउँ गाविसलाई पनि जिल्लाको ३४ औं खुला दिसामुक्त गाविसको रुपमा घोषणा गरिएको छ । रुकुमलाई जेठ २२ गते भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार गाविसका १ हजार २ सय ७२ घरधुरीमा शौचालय निमार्ण गरेपछि गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
एक घर एक चर्पी खोलागाउँ गाविसको सान, खुुला दिसामुक्त गाविस हाम्रो पहिचान भन्ने मुल नाराका साथ हिमालय उच्च मावि खोलागाउँको प्राङ्गनमा औपचारिक कार्यक्रम गरी गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको हो । जिविस रुकुमका सूचना तथा कार्यक्रम अधिकृत चिन्तामणी दाहालले व्यानर खोली कार्यक्रमको उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि दाहालले शौचालय वनाएर मात्रै सरसफाईले पूर्णता नपाउने भन्दै त्यसको नियमित प्रयोग तथा सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।
जेठ २२ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि जातीय छुवाछुत मुक्त, धुवारिहत तथा पूर्ण खोपयुक्त जिल्ला निमार्णको अभियान अघि वढ्ने उनले बताए । कार्यक्रममा जिविसको तर्फवाट खोलागाउँ गाविसलाई सरसफाईका क्षेत्रमा उत्प्रेरित गर्न नगद ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा उनले गरे । त्यसैगरी हिमालय उच्च मावि खोलागाउँको प्रत्येक कक्षा कोठामा भित्ते घडी, तथा विद्यालयको विकासमा सहयोग पुर्याउने महानुभावहरुको नामावली स्पष्ट रुपमा देखिने गरी राख्न जिविसको तर्फवाट नगद ३० हजार प्रदान गर्ने घोषणा गरे । खोलागाउँ गाविस सचिव तथा गाउँ सरसफाई तथा स्वच्छता समिति अध्यक्ष गोपाल खड्काको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समिति सचिव मनमोहन शाह, एमाले जिल्ला कमिटि सदस्य गणेश अधिकारी, एकीकृत नेकपा माओवादी जिल्ला समिति सदस्य राधा रोकाय, नेकपा माओवादी मगरात राज्य समिति सदस्य शंकर बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए । हिमालय उच्च मावि खोलागाउँका शिक्षक लाल बहादुर ओलीले संचालन गरेको कार्यक्रममा सर्वसाधारण लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुले सरसफाई सम्वन्धि चेतनामुलक झाँकीहरु समेत प्रस्तुत गरेका थिए ।
शिक्षक, विद्यार्थी, व्यापारी, सर्वसाधारणहरु उपस्थिति रहेको कार्यक्रममा जिल्ला खानेपानीका बामदेम गौतम, जिविस रुकुमका लेखापाल सुर्दशन शाह, रेडियो सानीभेरीका स्टेशन मेनेजर धु्रव विक्रम बुढाथोकी, ग्रामिण आधारभुत विकास परियोजना खलंगा रुकुमका कार्यक्रम संयोजक चेत वहादुर खड्का, युवा स्वरोजगार कोषका पर्शाराम खत्री, स्यालापाखा गाविस सचिव लोक वहादुर केसी, अर्मा गाविस सचिव कविराज केसी, खलंगा गाविस प्राविधिक भेषराज गौतम लगायतको पनि आतिथ्यता रहेको थियो
0 comments:
Post a Comment