
रुकुम ५, जेठ
जिल्लामा क्रियाशिल दलित पत्रकारहरुको एक भेलाले दलित पत्रकार मञ्च गठन गरेको छ । सोमबार जिल्ला सदरमुकाम खंलगामा भएको दलित पत्रकारहरुको भेलाले मञ्च गठन गरेको हो ।
नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विकको विशेष उपस्थितीमा आर्थिक अभियान दैनिक संवाददाता प्रविर ददेलको अध्यक्षतामा ७ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्ष नेपाल वान टेलिभिजन सम्वाददाता गणेश विक, सचिवमा रेडियो सानीभेरी एफएमका कार्यक्रम संयोजक गणेश सेर्पाली, सहसचिवमा हाम्रो नयाँयात्रा साप्ताहिक संवाददाता सरस्वती चनारा विक र कोषाध्यक्षमा एविसी टेलीभिजन संवाददाता मेनका परियार रहेकी छिन ।
मञ्चको सदस्यहरुमा कस्तुप नेपाली र अनिल परियार रहेका छन । दलित पत्रकारहरु संगठित भई दलित समुदायमा व्याप्त रहेको समस्याहरुलाई समाचारको माध्यमबाट उठाउन मञ्च गठन गरिएको अध्यक्ष ददेलले बताए ।
0 comments:
Post a Comment