प्रकाश ओली
रुकुम २५, चैत
रुकुम २५, चैत
रुकुमको रुकुमकोटमा ट्याक्टर दुर्घटना हुदा ३ जना गम्भीर घाईते भएका छन । मध्यपहाडी लोकमार्गको सडकमा पर्ने रुकुमकोट देखि रानीकोट तर्फ जादै गरेको भे.१.त ५४१५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा रुकुमकोट ८ खोपीचारका टेक बहादुर बुढा, पूर्तिमकाडा ७ चाइनाबगरका विकास पुन र जाजरकोट ८ खलंगा रिम्नाका लालबहादुर पुन गम्भीर घाइते भएका हुन ।
ट्याक्टर चालक अशोक चौधरी प्रहरी नियन्त्रणमा रहेको र घाइते सबैलाई स्थानीय डिग्रेशाइकुमारी मेडिकलमा सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको इलाका प्रहरी कार्यालय रुकुमकोटका इन्चार्ज किसानन्द भट्टले जानकारी दिए । प्रहरीका अनुसार सडक निर्माणको लागी प्रयोगमा ल्याईएको ट्याक्टर रुकुमकोटको वडा नं. ७ मारीपाखाको घुम्तीमा गाईबस्तुलाई साइड दिने क्रममा दुर्घटना भएको बताइएको छ ।

0 comments:
Post a Comment