आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, March 18, 2014

पत्रकार महासंघ रुकुमको अध्यक्षमा - बिक

आहा सञ्चार
रुकुम

नेपाल पत्रकार महासंघ रुकुमको चौथो अधिवेशनले ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशनबाट गणेश विक चिन्तन अध्यक्षमा सर्बसम्मत निर्वार्चित भएका छन ।
    महासंघको उपाध्यक्षमा आदर्श केसी, सचिवमा सुरेन्द्र खत्री, सहसचिवमा हरि गौतम र कोषाध्यक्षमा लक्ष्मण केसी पनि सर्बसम्मत निर्बाचित भएका छन । कार्य समितिका अन्य सदस्यमा रुद्रगोपाल डाँगी, मेनका परियार, महेश केसी र प्रवीर ददेल रहेका छन् । महासंघको केन्द्रीय पार्षदमा नारायणकुमार शाह, टीका विष्ट, धु्रवविक्रम बुढाथोकी, कृष्णप्रसाद गौतम, टेकबहादुर ओली, धनवीर दाहाल, शेरबहादुर केसी, डिलबहादुर शाही र राजु लामिछाने रहेका छन् । गत फागुन २९ गते उद्घाटन भएको अधिवेशनको बन्द शत्र शुरु हुनु अघिनै केन्द्रीय प्रतिनिधि सम्पर्कविहिन बनेपछि स्थागित भएको थियो ।
    जिल्लामा स्थगित बन्द शत्र सम्पन्न गर्न नेपाल पत्रकार महासंघले रुकुम आएका केन्द्रीय सदस्य मोहन चापागाईलाई खटाएको थियो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |