आहा सञ्चार
दाङ
सभासद् एवं एकीकृत नेकपा माओवादीकी केन्द्रीय सदस्य रेखा शर्माले अघिल्लो संविधानसभाले गरेका सहमतिको स्वामित्व लिंदै बाँकी विवाद समाधान गरेर एक बर्षभित्रै संविधान लेख्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएकी छिन । क्रान्तिकारी पत्रकार संघ दाङले सोमबार घोराहीमा गरेको स्वागत कार्यक्रममा उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्न र नयाँ उपलब्धिका लागि सहयोगी हुने संविधान नबन्ने स्थिति आयो भने त्यहीबाट सशक्त संघर्ष गर्ने तर एजेण्डाबाट पछि नहट्ने बताईन ।

आफूहरु पार्टीको स्थान के होला भन्ने भन्दा पनि संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्ने मान्यताका साथ संविधानसभाको दोस्रो निर्वाचनमा सहभागी भएको उल्लेख गर्दै अब संविधानसभाबाट जसरी पनि संविधान बनाउन लागिपर्ने बताईन । उनले पार्टीभित्र केही समस्या देखिए पनि त्यसलाई चिरेर अघि बढ्ने अभियानमा जुटेको र सोहीअनुरुप अहिले देशब्यापी पार्टी पुनर्गठनको अभियान शुरु भएको जानकारी दिईन । अर्को एक प्रसंगमा उनले आफू झण्डै दुई दशकपछि दाङको राजनीतिमा जोडिन आइपुग्दा खुशी लागेको भन्दै सबै पक्षसँग सहकार्य गरेर जिल्लाको विकासमा लागिपर्ने बताईन ।
क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष नरेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादी केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक निर्मल आचार्य, अर्की केन्द्रीय सदस्य नारायणी शर्मा, नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुशील गौतम, दाङ शाखा अध्यक्ष केएल पीडित, क्रान्तिकार पत्रकार संघका केन्द्रीय सचिवालय सदस्य अजयदीप शर्मा, महिला मानवअधिकार रक्षकहरुको सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य, अनेमसंघ क्रान्तिकारी दाङकी अध्यक्ष पुनम शेर्पाली र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बसन्त चौधरीलगायतले सभासद् शर्मालाई शुभकामना दिएका थिए । संघका उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव आस्था केसीले गरेकी थिईन ।
0 comments:
Post a Comment