आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, February 23, 2014

सनस्टारका कार्यक्रमहरु सम्पन्न

आहा सञ्चार
रुकुम

सनस्टार युवा क्लवको आयोजनामा भएको विभिन्न खेलकुद प्रतियोगिता सहितका सम्पूर्ण कार्यक्रमहरु समापन भएका छन् । प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी धनबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको सञ्चालन उपाध्यक्ष रत्न महराले गरेका थिए भने अध्यक्षता पूर्ण केसीको रहेको थियो ।
कार्यक्रममा बोल्दै निमित्त प्रमुअ जिल्ला अधिकारी धनबहादुर केसीले खेल क्षेत्रलाई अघि बढाउनका लागि सनस्टार युवा क्लबले गरेको यो महत्वपुर्ण कार्यले अझैं हौसला दिने बताए । जिल्लामा रहेका खेलाडीहरुको मनोबल बढने भएकाले यस क्षेत्रको दिगोपना हुनमा उनको जोड थियो । यस्तै मैत्रीपूर्ण फुटबल प्रतियोगिताले जिल्लामा रहेका कर्मचारी, राजनैतिक दल, पत्रकार र साहित्यकारको बीचमा स्नेहको भावसंगै सामूहिक एकता उत्पन्न गर्न सफल भएको बताए ।
समापन कार्यक्रममा देविदत्त गण ब्यारेकका गणपति उन्नत राणा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक नबिनराज राई, अनुसन्धान प्रमुख नबिन कार्की, नेपाल पत्रकार महासंघ रोल्पाका सभापति मौसम रोकामगर, एकीकृत नेकपा माओबादीका राजकुमार कक्षपति, नेपाली काँग्रेसका ईन्द्रबहादुर खत्री, एमालेका हरिबहादुर घर्ती लगायतले बिजयी प्रतियोगिहरुलाई पुरस्कार सहित अबिर लगाएका थिए ।
सनस्टार युवाक्लबको आयोजनामा भएको फुटबल प्रतियोगितामा देबिदत्त गण रोल्पाले प्रथम स्थान हासिल गरेको छ ।
जयबिर ओमशान्ति क्लव दाङ दोश्रो, होलीभिजन आवासीय माबि तेश्रो र जलजला यातायात व्यवसायी समिति सान्त्वना भएका छन् ।
प्रतियोगितामा, प्रथमले ५१ हजार १ सय ११ सहित कप र मेडल साथै प्रमाणपत्र, द्धितियले नगद ३० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैँया सहित मेडल र प्रमाणपत्र पुरस्कार हात पारेका छन् ।
यसैगरी लोकदोहोरी प्रतियोगितामा राप्ती सांस्कृति समाज प्रथम, ललित साहित्य परिषद दोश्रो, श्रृजनशील कृषि महिला सहकारी संस्था तेश्रो भएका छन् । प्रथमले रु ८ हजार सहित मायाँको चिनो र प्रमाणपत्र, यसैगरी क्रमश ५ हजार र ३ हजार सहित प्रमाणपत्र र मेडल हात पारेका छन् ।
सनस्टार राष्ट्रिय साप्ताहिक पत्रिकाको स्थापना कालदेखी निरन्तर सहयोग गरेको भन्दै पत्रिकाका सल्लाहकार, ब्यवस्थापक, बजार प्रतिनिधि, पाठक र लेखकलाई समेत प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
यस्तै राजनैतिक दल र कर्मचारी भर्सेस पत्रकार र साहित्यकार बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगीताका बिजेता समुहलाई रु ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । बेस्ट प्लेयरको उपाधि प्रहरी नायब उपरिक्षक नबिनराज राईले हासिल गर्नुभएको छ । उक्त मैत्रीपूर्ण खेलमा दल कर्मचारीले पत्रकार साहित्यकारलाई २ का विरुद्ध ४ गोल हानेका थिए ।
यस्तै ८सय मिटर र १५ सय मिटरको एथलेटिक्स दौड प्रतियोगिताका बिजयीहरु र बिभिन्न तौल समुहका बक्सिङ प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कार सहित प्रमाणपत्र बितरण गरिएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |