
रुकुम २१ माघ
रुकुममा तिन साता देखि देखिएको झाडापखालाको झाडापखालाको प्रकोप न्युनीकरण हुन सकेको छैन । पछिल्लो दिनमा बिरामीहरुको मृत्यु हने रोकिएको भएपनि झाडापखालाका बिरामीहरु आउने क्रम भने नराकिएको जिल्ला अस्पताल सल्ले रुकुमका प्रमुख डाक्टर भोजराज गौतमले जानकारी दिए । हाल अस्पतालमा एक दर्जन बढी बिरामीहरु उपचारकै क्रममा रहेका छन ।
डाक्टर गौतमका अनुसार झाडापखालाका बिरामीहरु जिल्लाका १५ भन्दा बढी गाबिसहरुबाट आउने गरेका छन । ‘अधिकांस झाडापखालाका बिरामी एक बर्ष तलका छन’ उनले भने, ‘बालबालिकाहरुमा झाडापखाला सगै कुपोषण र निमोनिया दुबैको समस्या रहेको देखिन्छ ।’ जिल्लामा माहामारीकै रुपमा झाडापखाला फैलिनसक्ने भएकोले सातादेखि जिल्लाका सबै एफएम रेडियोबाट यससम्बन्धी चेतना दिने सुचनाहरु अधिकतम प्रशारण गर्ने र जिल्लाका सबै स्वास्थ्यसंस्थाहरुलाई पनि सर्तक रहन निर्देशन दिईएको अस्पतालले बताएको छ ।
जिल्लामा झाडापखाला फैलनुको एकिन कारण खुल्न नसकेपनि चिसो समय भएकाले खाने तथा लगाउने कुरामा ध्यान नदिदा बिरामीहरुमा झाडापखाला तथा निमोनिया दुबैको समस्या रहेको बताईएको छ । ‘थप कारण पत्ता लगाउन मन्त्रालयबाट आएको एक टोलीले जिल्लाको दिसाको सिम्बोल लिएर गएको छ, त्यसपछि कारण खुल्ला’ अस्पताल प्रमुख डाक्टर गौतमले भने । माघ ११ र देखि १३ गते सम्म अस्पतालमै उपचारमा रहेका जिल्लाका ४ झाडापखालाका बिरामी बालकको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा खलंगा–२ का ११ महिने बालक हेमराज खड्का, खारा–४ का ४ महिनाका आशिष खड्का, खलंगा–६ का ११ महिने बालक विक्रम केसी र जाङ–१ का १ बर्षिय विनोद रोका रहेका छन ।
बालबालिकाहरुमा एक्कासी यस्तो समस्या देखिएपछि अभिभाबकहरु चिन्तीत तथा क्रसित भएका छन । केहि अभिभाबकहरुले जिल्ला अस्पतालमा उपचारमा ल्याइएका बालबालिकाहरुको पनि क्रमस मृत्यु भएपछि सन्चो भएको बताउदै केहिले घर तथा केहिले जिल्लाबाहिरका अस्पतालमा लिएको बताईएको छ । बालबालिकाहरुमा प्रकोपकै रुपमा समस्या देखिने संभावना बढेको भएपनि अन्य उमेर समुहका मानिसहरुमा खासै समस्या देखिएको छैन । चार बर्ष अघि जिल्लामा महामारीकै रुपमा फैलिएको झाडापखालाका कारण बिभिन्न गाबिसका ४ दर्जन बढीको अकालमै ज्यान गएको थियो भने हजारौ प्रभाबित बनेका थिए ।
0 comments:
Post a Comment