आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, February 14, 2014

रुकुमेली पत्रकारलाई बिकास पत्रकारिता तालिम

आहा सञ्चार
रुकुम


जिल्लामा विकास पत्रकारीता सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । जिल्ला बिकास समिति रुकुमको सहयोगमा नेपाल पत्रकार महासंघ रुकुमले तालिमको आयोजना गरेको हो ।
सदरमुकाम खलंगा स्थित कर्मचारी मिलन केन्द्रमा औपचारिक कार्यक्रमका बिच तालिम शुरु गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एबम स्थानीय बिकास अधिकारी भरत कुमार शर्माले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए । बिकासलाई मुलधारमा ल्याउन पत्रकारिताको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसको अपेक्षा गरे । जिल्ला बिकास समिति सधै पत्रकारिता क्षेत्रसगै रहेको भन्दै आगामी दिनहरुमा पनि सहयोग दिने र लिने क्रम चलिरहने प्रतिबद्धता जनाए । 
कार्यक्रममाका अर्का अतिथि एवम तालिमका मुख्य प्रशिक्षक दुर्गालाल केसीले बिकास पत्रकारिता मानब जीवन संग जोडिएको बताए । पछिल्लो समयमा बिकास पत्रकारिता सबैको चासो गैरहेको भन्दै उनले बिकास पत्रकारिता बिकासको एउटा आयाम भएको बताए । महासंघ रुकुमका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको संचालन कोषाध्यक्ष बिर बहादुर मल्लले गरेका थिए । ३ दिनसम्म जारी रहने तालिममा जिल्लाका दुई दर्जन बढी संचारकर्मिहरुको सहभागीता रहेको छ । कार्यक्रममा सदस्य लक्ष्मण केसीले स्वागत मन्तब्य राखेर सहभागीलाई स्वागत गरेका थिए ।


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |