आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, January 28, 2014

मानसिक स्वास्थ्य सर्बेक्षणको समिक्षा

आहा सञ्चार
रुकुम


जिल्लाका तीन गाविसमा मानसिक स्वास्थ्य सुधार सम्बन्धि गरिएको सर्भेक्षणको समिक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुमको आयोजना तथा युनाइटेड मिशन टू रुकुम क्लष्टर र नेपाल जनजागरण मञ्चको सहयोगमा सदरमुकाममा  समिक्षा कार्यक्रम गरिएको हो ।

    भलाक्चा, रुँघा र खारा गाविसमा सञ्चालित मानसिक स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत गरिएको सर्भेक्षणको बारेमा जानकारी दिन तथा सल्लाह सुझाव संकलनको लागि समिक्षा आयोजना गरिएको जनाईएको छ । मानसिक समस्या सम्बन्धीका विभिन्न प्रश्नोत्तर तयार पारी सर्वसाधारणका धारणा संकलन गरिएको जानकारी पनि समिक्षामा गराईएको थियो । समिक्षामा सहभागिहरुले मानसिक स्वास्थ्य सर्बेक्षणको आवश्यकतामा सगै वास्तबिक मानसिक रोगीको पहिचान गरी उपचार गर्नुपर्नेमा पनि जोड दिएका थिए । 
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत कुवेर केसीको प्रमुख आतिथ्यतामा भएको समिक्षाको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यमप्रसाद देवकोटाले गरेका थिए ।

    मञ्चका सचिव रमेश खड्काले सञ्चालन गरेको कार्यक्रममा गैरसकारी संस्था महासंघ रुकुमका अध्यक्ष गणेश हमाल, राजनीतिक दलका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । समिक्षामा मानसिक स्वास्थ्यको बारेमा नेपाल जनजागरण मञ्चका कार्यक्रम व्यवस्थापक टेक कुसारीले  जानकारी गराएका थिए भने सर्भेक्षण  सम्बन्धी जानकारी युएमन रुकुमका स्वास्थ्य अधिकृत सरमाया तामाङले राखेकी थिईन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |