आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, January 20, 2014

कमल दह महोत्सवको बिषयमा छलफल

आहा सञ्चार
रुकुम


जिल्लाको रुकुमकोटमा आगामी चैत्र २७ देखि वैशाख ३ गतेसम्म हुन लागेको रुकुमकोट कमल दह पर्यटन महोत्सवको विषयमा सोमबार जिल्ला स्थित सरोकारवाला निकाय विच छलफल भएको छ । महोत्वस तयारी तथा ब्यबस्थापनका बिषयमा छलफल गर्न पर्यटन विकास समन्वय समितिले कार्यक्रमको आयोजना गरेको हो । 
छलफलमा सहभागी सरोकारवाला निकायले महोत्सवलाई सफल वनाउन सहयोग गर्ने वताएका छन् । राजनैतिक दल, सरकारी कार्यालय, संघ संस्था, पेशागत संघ संगठन, पत्रकार, यातायात व्यवसायी सवैले महोत्सवमा आफ्नो तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । सवैसंगको समन्वय र व्यवस्थापनमा ध्यान दिनुपर्नेमा समेत सहभागिहरुले महोत्सव मुल आयोजक समितिलाई सुझाव दिएका छन् । 
 
वैठकमा जिल्ला पर्यटन विकास समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी   भरतकुमार शर्माले महोत्सव जिल्लाकै पर्यटन प्रवद्र्धनका लागी भएकाले सवैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए । वैठकमा महोत्सव मुल आयोजक समितिका संयोजक तारकबहादुर शाहले महोत्सवमा प्रर्दशन गरिने तयारी गरिएका खेलकुद, साहित्यक, कृषि जस्ता जिल्लाका पर्यटकिय महत्वका विषयमा जानकारी गराएका थिए । 
 
बैठकमा जिल्ला स्थित राजनीतिक दल, विभिन्न सरकारी तथा गैरकारी कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार, व्यापारी लगायतको सहभागिता रहेको थियो । छलफलबाट महोत्सव सफल वनाउन जिल्ला स्तरिय सहयोग समिति पनि गठन गरिएको छ । समितिका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी शर्माको संयोजकत्वमा २५ सदस्यीय सहयोग समिति गठन गरिएको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |