आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, January 6, 2014

शौचालय निमार्ण कार्यलाई तीव्रता

शेरप्रसाद ढकाल
खोलागाउँ

जिल्लाको खोलागाउँ गाबिसबासिहरुले शौचालय निमार्ण कार्यलाई तीब्रता दिएका छन् । जिल्लालाई सन् २०१५ भित्र खुल्ला दिसा मुक्तm घोषणा गर्ने कार्यक्रम अनुसार घरघरमा शौचालय निमार्णको कामलाई तीब्रता दिएका हुन् । गत बर्ष गाबिस भरीमा शौचालय सङ्ख्या थारै रहेको भएता पनि  यस बर्ष बढेर  ५५ प्रतिशत शौचालयहरु निमार्ण भईसकेको गाविस कार्यलयले जनाएको छ । गाबिसलाई खुला दिसामुक्तm बनाउन वडा नागरिक मञ्चलाई सक्रिय बनाएर सबै वडाहरुमा शौचालय निमार्णको काम भईरहेको गाविस सचिव निराजन शर्माले जानकारी दिए । पुुुस १८ गतेदेखि शौचालय निमार्ण गरेका घरपरिवारहरुलाई सरसफाई परिचय पत्र वितरणको काम शुरु गरेको गाविसले जनाएको छ । शौचालय निमार्ण नगरेका घरपरिवारहरुलाई गाविस कार्यालयवाट प्रदान गरिने सम्पूर्ण सेवाहरु शौचालय निमार्ण नगरुन्जेल सम्म रोकिने सचिव शर्माले जानकारी दिए । गत बर्ष लक्षित बर्गको रकमबाट दलित तथा जनजातिहरुलाई शौचालय निमार्णका लागि शौचालय सिट,पाईप लगायतका साम्रगीहरु वितरण गरिएको थियो । यसरी शौचालय निमार्ण सामग्री लिएर पनि शौचालय निमार्ण नगरेका घरपरिवारलाई तत्काल शौचालय निमार्ण गर्न गाविस कार्यले आग्रह गरेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |