रुकुम ३०, पुस
संबिधानसभा सदस्यका लागी गरिएको दोस्रो निर्बाचन यहि मंसिर ४ गते सम्पन्न भयो । निर्बाचनमा दलको तर्फबाट प्रत्यक्षमा जितेर तथा समानुतातिक प्रणालीमा छनौट भएर संबिधान सभामा सहभागी हुने सभासदहरुको पनि टुंगो लागी सकेको छ । के तपाइलाई अनुमान छ चुनाबमा रुकुमका उम्मेदवारहरुले आफुले जित्न कति रुपैयाँ खर्च गरे । सबैको अनुमान हो जिल्लाका ठुला दलका उम्मेदवारहरुले करोडौ रकम खर्च गरे साना दलहरु केहि थोरै रकम । तर राजनैतिक दलका उम्मेदबारहरुले जतिपनि खर्च गर्न पाउने प्राबधान भने थिएन ।
निर्बाचन आयोगले आफ्नो चुनाबी कार्यक्रमका लागी १० लाख भन्दा बढी रकम खर्च गर्न नपाईने मापदण्ड बनाएको थियो । रुकुमका पनि दुई निर्बाचन क्षेत्रमा २० जना उम्मेदवारहरु थिए । चुनाबको समयमा उनीहरु मध्य केहि ठुला दलका उम्मेदवारहरुले जित आफ्नो पोल्टामा पार्न करोडांै रकम कार्यकर्ता, तथा जनतालाई बाँडेको आरोप लगाए । त्यस्तै उनीहरुको चुनाबी कार्यक्रम तथा खर्च देखेर धेरैले मापदण्ड भन्दा बढी पनि खर्च गरेको अनुमान लगाईयो । तर जिल्ला निर्बाचन कार्यालय रुकुमका पेश गरेको खर्च बिबरणमा उनीहरुले १० लाख भन्दा बढी कसैले खर्च नगरेको जिल्ला निर्बाचन अधिकारी गोकर्ण पन्थीले जानकारी दिए । उनका अनुसार अझै आधा उम्मेदवारहरुले जिल्ला निर्बाचन कार्यालय रुकुमका खर्च बिबरण पेश गरेका छैनन् । कार्यालयका अनुसार रुकुम क्षेत्र नं १ का एमाओबादी उम्मेदवार गणेशमान पुनले ९ लाख ७७ हजार २ सय ४५ खर्च गरेको बिबरण निर्बाचन कार्यालयमा पेश गरेका छन ।
त्यस्तै राष्ट्रिय जनमोर्चाकी आषा बुढाले दुई हजार एक सय, नेपाल मजदुर किसान पार्टीका कालो खड्काले ७२ हजार ८ सय, नेपाली काग्रेसका कृष्णबहादुर रोकायले ७ लाख ७ हजार, नेकपा एमालेका खेममान खड्काले ७ लाख ३१ हजार र नेपाल कम्युनिष्ट पार्टी, मालेमा साम्यबादीका मानबहादुर सुनारले ४० हजार मात्र खर्च गरेको बिवरण निर्बाचन कार्यालयमा बुझाएका छन । त्यस्तै क्षेत्र नं. २ मा राष्ट्रिय जनमोर्चाकी बिष्णु ओलीले २१ हजार र नेकपा एमालेका ठगेन्द्र प्रकास पुरीले ५ लाख ८६ हजार खर्च गरेको बिबरण निर्बाचन कार्यालयमा बुझाएका छन । रुकुमका २० उम्मेदवारहरु मध्य ८ जनाले खर्च बिबरण बुझाएको भएपनि अझै १२ जनाले निर्बाचन कार्यालय रुकुममा बुझाएका छैनन् ।
खर्च बिबरण नबुझाउनेमा एमाओबादी उम्मेदवार तथा बिजयी सभासद् जर्नाशन शर्मा प्रभाकर, नेपाली काग्रेसका गोपाल जी जंग शाह लगायतका रहेका छन । निर्बाचन अधिकारी पन्थीका अनुसार यो बिबरण निर्बाचन आयोग काठमाण्डौमा पनि बुझाउन सकिने भएकोले कतिले बुझाए कतिले बुझाएनन् एकिन भएको छैन । ‘केहि उम्मेदवारले निर्बाचन आयोग काठमाण्डौमा बुझाएको भए हामीलाई खबर छैन’ उनले भने । तर उनका अनुसार कार्यालयमा आएर उम्मेदवारहरुले खर्च बिबरण बुझाउने क्रम पनि जारी रहेको छ । हालसम्मको बिबरण अनुसार रुकुममा धेरै खर्च गर्नेहरु क्रमस एमाओबादी उम्मेदवार तथा बिजयी सभाषद पुन, एमाले उम्मेदवार खड्का र नेपाली काग्रेसका उम्मेदवार रोकाय रहेका छन ।
यसरी उनीहरुले बुझाएको खर्च बिबरण निर्बाचन कार्यालयमा औपचारिकतामा मात्र सिमित रहेको भन्दै बास्तबिकतामा धेरै खर्च गरेको केहिले आरोप लगाएका छन । त्यस्तै जिल्ला तिन ठुला राजनैतिक दलका उम्मेदवार बाहेक अन्य सबै उम्मेदवारहरुको धरौटी समेत जफत भएको छ ।
0 comments:
Post a Comment