शेरप्रसाद ढकाल
रुकुम १५ माघ
विद्यालय भवनको अभावमा रुकुमको खोलागाउँ ३ मा रहेको जनकल्याण मावि जोगीनेटामा पठनपाठन गर्न समस्या भएको छ ।
रुकुम १५ माघ
विद्यालय भवनको अभावमा रुकुमको खोलागाउँ ३ मा रहेको जनकल्याण मावि जोगीनेटामा पठनपाठन गर्न समस्या भएको छ ।
२०५० सालमा निमार्ण गरिएको भवन जिर्ण वनेपछि पठनपाठनमा समस्या भएको हो । गत असारमा गएको भुकम्पका कारण भवन थप कमजोर वनेपछि ४ वटा कक्षाका विद्यार्थीहरुलाई पठन पाठन गर्न समस्या भएको विद्यालयले जनाएको छ ।
कक्षाकोठाको अभावमा विद्यार्थीहरुलाई खुला चउरमा पढानुपर्ने यात वहुकक्षा शिक्षण गर्नुपर्ने वाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रुपलाल खड्काले बताए । केही समय विद्यालय नजिकै रहेको घर भाडामा लिएर कक्षा संचालन गरेको भएता पनि आर्थिक अभावका कारण अहिले घर भाडामा लिएर कक्षा संचालन गर्न नसकिएको उनको भनाई रहेको छ ।
विद्यालयको भवन निमार्णका लागि विभिन्न निकायहरु सँग आग्रह गदै आएको भएता पनि अहिले सम्म विद्यालको समस्याप्रति गम्भिर नवनेको विद्यालयको गुनासो छ । २०२९ सालमा स्थापना गरिएको विद्यालयमा ४ सय ५९ विद्यार्थीहरु अध्ययनरत छन् ।
0 comments:
Post a Comment