जाजरकोट
रुकुम घेत्मा ७ भल्माका दुई भाइ दृष्टीविहीनलाई अर्को आर्थिक सहयोग जुटेको छ । जन्मजात दृष्टीविहीन ३८ बर्षीय हरिजंग मल्ल र ३३ बर्षीय भरतजंग मल्ललाई थप २५ हजार आर्थिक सहयोग जुटेको हो । कान्तिपुर दैनिक र द काठमाण्डौं पोष्टमा गत २० गते प्रकासित । दृष्टीविहीनको स्याहार्दै गर्दै ७० बर्षीया आमा भन्ने शिर्षकको समाचारले नै अर्को सहयोग जुटाएको हो ।
लमजुङ्ग भोर्लेटार ६ घर भै हाल क्यालीफोर्नियाको सनफ्रान्सिस्कोमा बस्दै आएका ३० बर्षीय रविन्द्र पौडेलले उक्त सहयोग गरेका हुन् । समाज सेवी पौडेलले पठाएको सहयोग रकम जाजरकोट प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आमा लिला र उनीहरुलाई आईतवार आफ्नै कार्यकक्षमा हस्तान्तरण गरेका छन् । पौडेल अध्ययनको सिलसिलामा ५ बर्षदेखि सनफ्रान्सिस्कोमा बस्दै आएका छन् । समाचार पढेपछि ७० बर्षीया आमाको दुःख र दुई भाइ दृष्टीविहीन भएको पाउँदा मन थाम्न नसकेर सानो सहयोग गरेको पौडेलले टेलिफोन मार्फत वताए ।
दृष्टि विहीन दुई भाईले आर्थिक सहयोग गरेकोमा पौडेललाई धन्यवाद दिएका छन् । उनीहरुका लागि योे सहयोग दोस्रो बनेको छ । यस अघि समाचार पढेपछि काठमाण्डौं सिनामंगलका समाजसेवी रमेशजी मल्लले पनि उनीहरुलाई २५ हजार आर्थिक सहयोग गरेका थिए । नचिनेका ब्यक्ति त्यो पनि विदेशबाट आर्थिक सहयोग पाएपछि तीन आमा छोरा निकै खुशी बनेका छन् । सहयोग जुटाउन अवसर प्रदान गर्ने सन्चार मिडिया सहारा बनेको ७० वर्षिय आमा लिला मल्लले बताईन् । बृद्धा अवश्थाकी आमा लिलालाई २ दृष्टीविहीन छोराको लालनपालन गर्न धौ धौ परेको छ ।
जेष्ठ नागरिक मल्ल दृष्टीविहीन छोराहरुको लालनपालन, स्याहारसुसार र उपचारमा सकी नसकी आफै खट्न वाध्य छन् । सन्तानबाट सुख, शान्ति तथा हेरचाह पाउन त परै जाओस, हिड्न नसक्ने यो उमेरमा उल्टै छोरालई डोरयाउने समेत गर्नु परेको छ उनलाई । जन्मजात दृष्टीविहीन छोराहरु सहारा विना वरपर हिडडुल गर्न सक्दैनन् । यी दृष्टीविहीनकी बृद्धा आमा बाहेक अन्य सहारा कोही छैन । पति बलबहादुरको मृत्यु भएको एक दशक भैसकेको छ ।
0 comments:
Post a Comment