दिप बहादुर घर्ति
जाजरकोट
नेपाली क्रियासील महिला पत्रकारहरुको संगठन क्रियासील महिला पत्रकार संघ,डव्लुडव्लुजे जाजजरकोटमा पनि गठन भएको छ । पत्रकारिताको क्षेत्रमा जागरुक महिलाहरुलाई संगठित रुपमा क्रियाशिल गराउने उदेश्यले जाजरकोटमा पनि डव्लु डव्लु जे को गठन भएको हो । डव्लु डव्लु जे सुर्खेत शाखाकी अध्यक्ष तिला भण्डारीको उपस्थितीमा शनिवार विहान खलंगा सदरमुकाममा रहेको रमका होटलमा कार्यक्रम भएको थियो । महिला पत्रकारहरुको भेलाले सविता शाहको अध्यक्षतामा ९ सदस्यीय जाजरकोट शाखाको गठन गरेको हो । शाखाको उपाध्यक्षमा विमला शर्मा, सचिवमा पवित्रा वली, कोषाध्यक्षमा विनीता रोकाय , सहसचिव करिष्मा परियार तथा सदस्यहरुमा समीक्षा सिंह, सुनीता विक, जगतकुमारी शाही, उर्मिला आरसी रहेका छन् । जिल्ला शाखाले जिल्लामा क्रियासील महिला पत्रकारहरुको क्षमता विकासका साथै उनीहरुका लागि विभिन्न अवसरहरुको सीर्जना गर्ने विषयमा मुख्य जोड दिएर जाने उक्त भेलावाट नवनिर्वाचित अध्यक्ष सविता शाहले वताइन् । जिल्लामा नेपाल पत्रकार महासंघ संगको सहकार्यमा रहेर महिला पत्रकारहरुको शसक्तिकरणका लागि काम गरिने शाहको भनाइ रहेकोछ । जिल्लामा महिलाहरुको मात्र नभइ आम पत्रकारहरुको हितका लागि डव्लुडव्लुजे को जिल्ला शाखा गठनले महत्वपुर्ण सहयोग मिल्ने नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष राजेन्द्र कार्कीले बताए ।

0 comments:
Post a Comment