जाजरकोट
जाजरकोटका जलबायु परिवर्तनको उच्च जोखिममा रहेका ५ गाविसमा स्थानिय स्तरको अनुकुलन कार्ययोजना ( लापा ) कार्यक्रम संचालन हुने भएको छ । जिल्लाका धेरै उच्च जोखिम रहेका लहाँ, अर्छानी, पजारु, सुवानाउली र ढिमे गाविसमा उक्त कार्याक्रम शुरु हुने भएको छ ।
जलबायु परिवर्तनको धेरै उच्च जोखिमा रहेको जाजरकोटका ति गाविसमा संकटासन्न समुदायको अनुकुलन क्षमतामा अभिबृद्धि गर्ने, गरीव र सिमान्तकृत समुदायको आयमा बृद्धि गर्ने र जलवायु परिर्वतनको असरवाट बच्च जोखिममा रहेका समुदायको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको स्थानिय विकास अधिकारी चक्रबहादुर बुढाले बताए । तीन बर्ष सम्म संचालन हुने यस कार्याक्रमको चालु आवमा लागी ३ करोड २८ लाख १७ हजार रुपैया खर्च हुने नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमले जनाएको छ ।
जलबायु परिवर्तनको उच्च जोखिममा रहेका जाजरकोट सहित काठमान्डौ, रामेछाप, उदयपुर, मुगु, सप्तरी, दोलखा, लम्जुङ्ग र भक्तपुर गरी ९ ओटा जिल्ला रहेका छन् । यी सहित देशभरका १४ ओटा जिल्लामा यो कार्यक्रम संचालन गर्न थालिएको हो । स्थानिय गैरसरकारी संस्थाको सहयोगमा जिल्ला विकास समिति अन्र्तगत रहेर जिल्ला उर्जा तथा बातावरण ईकाईले स्थानिय गैरसरकारी संस्थाको सहयोगमा कार्यक्रम गर्ने भएको छ । डिएआईडि र युएनडिपीको सहयोगमा संचालन हुने यस कार्यक्रममा कृषि उपजको उत्पादन ,बन विकास, बातावरण संरक्षण, आयआर्जनका कार्यक्रमा लगायतका क्षेत्रमा स्थानीय मागमा आधारित कार्यक्रममा लगानी गरिने स्थानिय विकास अधिकारी बुढाले बताए ।
0 comments:
Post a Comment