आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, December 18, 2013

५ बर्षिया बालिका बलाकृत

Captureजाजरकोट, पुस ४ – महिला हिसां विरुद्धको १६ दिने अभियान सकिएको महिना दिन पुग्न नपाउदै जाजरकोटमा ५ बषिया एक अवोध बालिका बलात्कृत भएकी छिन् । जगतिपुर १ काँसतराका १५ बर्षिय सुरेन्द्र बहादुर नेपालीले सोही ठाँउकी ५ बर्षिय बालिका रमिला सुनार (नाम परिवर्तन)लाई बलत्कार गरेका हुन् । घर नजिकै एक्लै खेलिरहेको बेला बालिकालाई सुरेन्द्रले नजिकैको बयरझाडीमा लगेर जर्वजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जर्वजस्तीकरणी गर्ने नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले बलात्कार गरेको स्वीकार गरेको प्रहरी निरीक्षक रामबहादुर चन्दले बताए । बलत्कृत बालिकाको जिल्ला अस्पताल जाजरकोटमा परीक्षण गर्दा पनि बालिका बलात्कृत भएको पुष्टि भएको प्रमाणित भएको छ । बलात्कार कारण उनको शरिर रक्ताम्य भएको छ । बालिकाको योनीबाट अहिले पनि रगत बगिरहेको छ त्यसैले यहाँ उपचार संभव नभएपछि थप उपचारको लागी नेपालगंज पठाइएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ । पिडितका बाबुले जर्वजस्ती करणीमा संलग्न नेपालीलाई हदै सम्मको सजाय गर्नु पर्ने भन्दै प्रहरी समक्ष उजुरी गरेका छन् । जर्वजस्ती करणी गर्नेलाई १२ बर्ष कैद सजाय हुने कानुनी ब्यवस्था छ तर पिडक बालक भएको खण्डमा त्यसको आधा सजाय वा सुधार गृहमा राख्न सकिने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । - See more at: http://www.ratopati.com/2013/12/19/99085.html#sthash.GD8TGRpQ.dpuf

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |