प्यूठान, ९ पुस । सदरमुकाम खलंगादेखी बाग्दुलाका लागि छुटेको ना ५ ख ४५५ नम्वरको बस सडकबाट पल्टिदा २२ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउँसो ३ बजे खलंगा–७ सारिवाङमा बस दुर्घटना हुँदा जिल्लाका विभिन्न ठाउँका यात्रुहरु घाईते भएका हुन् । घाईतेहरु मध्ये केहीको स्वर्गद्धारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भैरहेको छ भने केहिलाई भैरहवा रिफर गरिएको छ । सदरमुकाममा कामका लागि आएका विभिन्न गाविसका यात्रुहरु घाईते भएका छन् ।
0 comments:
Post a Comment