आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, December 24, 2013

भेडेटारमा दोस्रो फुड फेस्टिवल हुने

मोहन वान्तवा
धनकुटा, पौष ९

पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा दोस्रो फुड फेस्टिवल हुने भएको छ । अंग्रेजी नयाँ वर्ष १०१४ को अवसर पारेर पौष १६ र १७ गते दुई दिन हनु फुड फेस्टीवल होटल एशोसिएशन भेडेटारले गर्ने कुरा आज  पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
भेडेटार होटल एशोसिएनको मुल आयोजनामा हुने सो फेस्टिवलको
सह–आयोजक पाथिभरा यूवा क्लव र भेडेटार नागरिक समाज रहेका छन् । “भेडेटार प्राकृतिकको गहना, पर्यटन भित्राउने चाहना” भन्ने मूल नारा दिईएको फुड फेस्टिवलको लागि ८ लाख ३० हजार रुपैया बजेट विनियोजित गरिएको एशोसिएशनका सचिव जितेन्द्र रुमदालीले बताउनु भयो ।    
    फेस्टिवलमा १५ ओटा स्टल रहनेछ । स्टलमा स्थानीय अर्गानिक खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादीत तरकारी तथा फलफुलको प्रर्दशनी तथा विक्रि, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने छ । फेस्टिवलले भेडेटार बजार नजिक रहेका अन्य पर्यटकीय स्थलहरुको प्रचारप्रसारलाई समेत सहयोग पुर्याउने उद्धेश्यले फुड फेस्टीवल राखिएको अध्यक्ष विष्णुराज श्रेष्ठले  बताउनु भयो । 
यस पटक फुड फेष्टिभलमा सहभागी आगन्तुकहरुलाई माउन्टेन बाईक र प्याराग्लाडिङको व्यवस्था समेत गरिएको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । फेस्टिभलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुलाई समेत बेग्लै ढंगबाट सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
नयाँ वर्षको अवसर समेत पारेर आयोजना हुने फेस्टीभलमा १० हजार आन्तरिक तथा वाह्रय पर्यटकहरु सहभागी गराउने अपेक्षा गरिएको र फेस्टिभलमा १० लाख बरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको बताईएको छ ।
फुड फेस्टिभलको प्रायोजक गोर्खा व्रुअरी र सह–प्रायोजक म्याजिक मोमेन्ट रहेको छन । गतवर्ष आयोजना भएको फेस्टिवल सफल रुपमा सम्पन्न भएकोले यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले बताएको छ ।



0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |