दिप बहादुर घर्ति
जाजरकोट
जाजरकोट सदरमुकामको मुख्य बजारमा सोमवार समाचार सङकलनमा हिडिरहेका पत्रकारलाई गस्तिमा रहेका प्रहरी सहायक निरीक्षकले दुरब्यबहार गरेका छन । पत्रकारले गस्तिमा रहेका प्रहरी सहित म्यादी प्रहरीको फोटो खिचेपछि सहायक निरीक्षकले दुरब्यबहार गरेका हुन । नेपाल पत्रकार महाँसंघ जाजरकोटका सचिव दिपेन्द्र शार्मालाई म्यादी प्रहरी सहितको बजार गस्ति टोलीको कमान गरिरहेका प्रहरी सहायक निरीक्षक धन बहादुर वोहराले फोटो खिच्ने त को होस भनेर दुरब्यबहार गरेको बजारबासीहरुको भनाई रहेको छ । सचिव शर्माले पत्रकारको परिचय दिए पछि पनि निरीक्षक बोहराले हातको क्यामरा खोसेर क्यामरामा खिचीएका फोटाहरु फाल्ने प्रयास गरेको पत्रकार शर्माले वताए । उनका अनुसार उनीले आफुलाई मात्र नभई आफुसंगै रहेका अर्का सर्वसाधारणलाई पनि बोहराले धम्काए । पत्रकार माथि राज्यको जिम्मेवार ब्यक्तिले दुरब्यबहार गरेपछि सोमवार नै पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ,नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल,क्रान्तिकारी पत्रकार संघ जाजरकोटले संयुक्त विज्ञप्ती निकालेर सरोकारवाला निकायको गम्भिर ध्यानार्षण गराईएको छ । विज्ञप्तीमा पत्रकार माथि दुरब्यबहार गर्ने ब्यक्तिलाई कारबाहीको माग गर्दै बोरालाई आइन्दा यस्ता गल्ती नदोर्याउन सचेत गराईएको छ । प्रकाशित विज्ञप्तीमा राष्ट्रिय चासो र महत्वपूर्ण पर्वको रुपमा रहेको संविधान सभा निर्वाचनका विभिन्न बिषयमा सुचनाहरु प्रवाह गर्न जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला स्थित सुरक्षा निकायले गरेको ब्यवास्ता प्रति ध्यानार्षण गराएको छ । उक्त विज्ञप्तीले सुरक्षा निकाय लगाएतका अन्य सुचनाहरु प्रवाह गर्दा पनि सरोकारवाला निकायले बिभेदपूर्ण ब्यबहार गरेको ठहर गरेको छ । पत्रकार दिपेन्द्र शर्मा माथी प्रहरी सहायक निरीक्षकले गरेको दुरब्यबहारको खबर सुने पछि पत्रकार महासंघका केन्द्रिय सदस्य प्रभात चलाउनेले घोर आपत्ति ब्यक्त गरेका छन ।

0 comments:
Post a Comment