मेगराज खड्का
रुकुम ६ मंसिर
रुकुमका अधिकांस मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम खलंगामा आईपगेको छ । जिल्लाको स्यालाखदी गाबिसका चार मतदान केन्द्रबाहेक अन्य १ सय ४४ मतदान केन्द्रहरुबाट निर्बाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझाईसकिएको छ । सहायक निर्बाचन अधिकृत अर्जुन भण्डारीका अनुसार स्यालाखदी गाबिसका मतदान केन्द्रबाट पनि मतपेटिका केहि समयपछि हेलिकप्टर मार्फत ल्याउने तयारी भैरहेको छ । दुई निर्बाचन क्षेत्र रहेको रुकुममा क्षेत्र नं १ का सबै मतदान केन्द्रहरुबाट पतपेटिका प्राप्त भैसकेका छन भने २ का चार मतदान केन्द्रको मात्र मतपेटिका आउन बाँकी रहेको हो । सबै क्षेत्रको मतपेटिका आईपुगेपछि तुरुन्तै मतगणना गर्ने तयारी निर्बाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । अहिले मतगणनाका बारेमा एमाओबादी बाहेक अन्य दलको बैठक बसिरहेको छ । कार्यालयका अनुसार रुकुममा मतगणनाको तयारी अन्तिम चरणमा पुगेको र अपरान्ह १२ बजेदेखि मतगणना शुरु हुनसक्ने संभाबना बताईएको छ ।

0 comments:
Post a Comment